मध्य नेपाल

बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानिय जनप्रतिनिधीलाई सचेतना । बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानिय जनप्रतिनिधीलाई सचेतना ।
सविता दराई कापलिका फागुन २३ 
आर्थिक सशक्त्तिकरण सहितको सामाजिक जागरण,ग्रामिण तथा शहरी महिलाकोजीवनस्तरण रुपान्तरण भन्ने नारासहित केन्द्रीय बाल कल्याण समिति ललितपुर, जिल्ला बालकल्याण समिति चितवन र महिला बालबालिका कार्यालय चितवनको संयुत्त आयोजनामा १०८ औ महिला दिवस ८ मार्च २०१८ को अवसरमा महिला बा बालिका बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानिय जनप्रतिनिधी एवं सरोकारवाला निकायहरु विच महिला तथा बालसंरक्षणका सवाल अधिकारमा आधारित योजना तर्जुमा तथ्याकं सकंलन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रीय बालकल्याण समितिका बालबालिका फोकल पर्सन  मिठु आचार्यय र महिला तथा बालबालिका कार्यालय चितवनका प्रमुख शान्ता कुमारी पौडेलले सहजीकरण गर्नु भएको थियो। कार्यक्रममा माडी नगरपालीकाका प्रमुख, उपप्रमुख सम्पुर्ण वडाका वडा अध्यक्ष उपाध्यक्ष, सदस्य, सम्पुर्ण विधालय तथा कलेजका प्रमुख तथा शिक्षकहरु, महिला समुह सहकारीका अध्यक्ष तथा पदाधिकारी, विधार्थीहरु लगायत करिब १ सय जनाको सहभागिता रहेको थियो ।
माडी महानगरपालीका  प्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख ताराकाजी कुमारी महतोको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा केन्द्रय बालकल्याण समितिले जोखीम युक्त १० जना बाल बालिकालाई पाच हजारका दरले आर्थिक सहयोग समेत गरीएको थियो । सहजकर्ता मिठु आचार्यले माडी क्षेत्र भारतीय सिमा संग नजिक र खुला सिमना भएकाले त्यहा महिला बालबालिका बेचविखनमा तथा ओसारपसरामा जोखीम भएकाले जनप्रतिनिधि र सरोकारवालालाई जनचेतना दिएको जानकारी दिनु भयो ।   
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award