मध्य नेपाल

अनेट्रेयु महासंध महिला समिति चितवनको नेतृत्वमा पुनह सावित्री अनेट्रेयु महासंध महिला समिति चितवनको नेतृत्वमा पुनह सावित्री
राजु थापा, फागुन १९, कालिका
नेपालमा आधा भन्दा बढी रहेका महिलाहरुलाई बल्लबल्ल ३३ प्रतिशत सम्म अधिकार पाउने वातावरण बनाउन सकेको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताउनु भएको छ । अखिल नेपाल टे«ड यूनियन महासंघ, महिला जिल्ला समिति चितवनको चौथो जिल्ला सम्मेलन उद्घधाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
 
उद्घधाटन समारोहकी प्रमुख अतिथि दाहालले महिला मजदुरहरूलाई समान अवसर र समान ज्याला, विभेदको अन्त्य र पेशागत सुरक्षाको लागि भरतपुर महानगरपालिका सधैं क्रियाशील रहने बताउनु भयो । 
यस्तै सम्मेलनले पुनह सावित्री पौडेलको अध्यक्षततामा नयाँ कार्य समिति चयन गरेको छ । समितिले १९ सदस्य चयन गरेको छ भने बाकी ८ सदस्य पछि मनोनित गर्ने जानकारी दिएको हो । यस्तै जिल्ला ईन्चार्जमा सुमित्रा भुजेल चयन हुनु भएको छ । 
 
सम्मेलनमा महासंघकी महिला जिल्ला समिति अध्यक्ष सावित्री पौडेलको सभापतित्व रहेको थियो भने समारोहमा ट्रेड यूनियन महासंघकी नेता विष्णु थापा, नेकपा माओवादी केन्द्र चितवनका  मजदुर इन्चार्ज नन्दलाल दाहाल, यातायात मजदुर संघका जिल्ला अध्यक्ष सुमन भुजेल, अखिल नेपाल ट्रेड युनियन महासंघका पूर्वअध्यक्ष अनक मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award