मध्य नेपाल

शिक्षकहरुलाई संधियता शिक्षा प्रशिक्षण शिक्षकहरुलाई संधियता शिक्षा प्रशिक्षण
राजु थापा, फागुन १९, कालिका
नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनले चितवन जिल्लामा रहेको स्थानिय पदाधिकारी र सदस्यहरुलाई अहिलेको संधिय शिक्षा सम्वन्धी जानकारी दिने उद्धेश्यले १ दिने प्रशिक्षण दिएको छ । 
शिक्षाविद् रमाकान्त सापकोटाले संधियतामा विद्यालय शिक्षा सम्वन्धमा शैक्षिक मुद्धाहरुमा नितिगत बहस गर्नु भएको थियो । सापकोटाले शिक्षा सम्वन्धी सैवैधानिक ब्यवस्था, राज्यका ३ तहमा शिक्षा सम्वन्धी अधिकार , उच्च स्तरिय शिक्षा आयोगको सिफारिश र भरतपुर  महानगर र चितवनको शिक्षामा गरेको प्रतिवद्धता बारेमा जानकारी दिनु भएको थियो । जिल्लाका सवै ईकाईका  प्रतिनिधिहरु गरि झण्डै १ सय ५० जनालाई दिईएको प्रशिक्षणमा केन्द्रिय अध्यक्ष बाबुराम थापाले नेपाल राष्ट्रिय शिक्षक संगठनको भुमिका र अन्तरािष्ट्रय शिक्षा नितिबारेमा जानकारी दिनु भएको थियो । यस्तै पुर्व जिल्ला अध्यक्ष भानु उपाध्ययले जिल्लाको शुरुवाती र अहिले सम्मको अवस्था बारे जानकारी दिनु भएको थियो । 
 
जिल्ला अध्यक्ष दान बहादुर गुरुङले प्रशिक्षणको औचित्यबारे जानकारी दिनु भएको कार्यक्रमा केन्द्रिय सदस्इ सुर्यराज बराल, पुर्व अध्यक्षहरु , कार्यसमिति पदाधिकारी सहित क्षेत्रिय प्रमुखहरु, नगर समितिका प्रमुखहरुको सहभागिता रहेको थियो ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award