मध्य नेपाल

भुपु सैनिक टोलमा पुनह नरकाजी
राजु थापा, फागुन १९, कालिका
भरतपुर १० मा रहेको भुपु सैनिक टोल विकास संस्थाले आफनो छैठो अधिवेशनबाट पुनह नरकाजी गुरुङलाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा त्रिलोचन पौडेल, सचिवमा पोदराज पौडेल कोषाध्यक्षमा सुभद्रा सापकोटा र सहसचिवमा लिला पुन चयन हुनु भएको हो । १५ सदस्यिय कार्य समितिको सदस्यहरुमा यादव प्रसाद खनाल , डाक नाथ राजभण्डारी, कृष्णप्रसाद ढुङगाना, रहिमा खातुन , कृष्ण प्रसाद अधिकारी, पुर्ण चन्द्र भण्डारी, शुभकान्ती अधिकारी, कान्छीमाया लामा, लेखनाथ गौतम र खगेन्द्र मल्ल रहनु भएको छ । 
वातावरणीय रुपमा नमुना वडा बनेको भुपु सैनिक टोलले विभिन्न समयमा सरसफाईलाई जोड् दिदै आएको छ । १६ औ साधारण सभा समेत रहेको टोलले ३ जना वृद्धवृद्धालाई समेत सम्मान गरेको थियो । भरतपुर १० का वडा अध्यक्ष अरुण पिडित भण्डारी प्रमुख अतिथी रहनु भएको सभामा पुर्व अध्यक्ष रामप्रसाद धले लगायतको उपस्थिति रहेको थियो । सभालाई टोलका अध्यक्ष नरकाजी गुरुङले सभापतित्व गर्नु भएको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award