मध्य नेपाल

बालकुमारी कन्याको ५६औं वार्षिकोत्सव
कालिका, माघ, २९ ।
बालकुमारी कन्या माध्यामीक बिद्यालय भरतपुरले बिद्यालयलाई दिर्घ सेवा दिने तथा उतकृष्ट १२ शिक्षक लाई सममान गगरेको छ ।
 
बिद्यालयले आफ्नो ५६औं वार्षिक साधरण सभा तथा अभिभावक दिवसको अवसरमा २५ देखि ३० वर्ष सम्मका ६ जना र उत्कृष्ट शिक्षक ६ गरी १२ जना लाई सम्मान गरेको छ । भने बिद्यालयका संस्थापक प्राचार्य रिद्धीचरण श्रेष्ठलाई पनि दोसल्ला र मायाको चिनो सहित सम्मान गरेको छ । वार्षिक उत्सवकै अवसरमा बिद्यालयका बिद्यार्थीहरु द्धारा बिभिन्न भेषभुषा सहितको र्याम्प वाल्क गरेका थिए । 
 
नेपाली बिभिन्न बहुजाति बहाु भाषीक देश भएकोले आ – आफ्नै भाषा र पहिचान झल्काउने उद्धेश्ले सो र्याम्प वाल्कको आयोजना गरीएको बिद्यालयका प्राचार्य हेरम्ब कुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाँले बिद्यार्थीहरु द्धारा बिज्ञान प्रदर्शनी लगाएत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको समेत जानकारी दिनु भयो । समाजसेवी अनन्तलाल चुकेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालयका प्राचार्य श्रेष्ठले आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्त’त गर्नु भएको थियो ।
 
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अभिमन्यु कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक संघका अध्यक्ष हरी कडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष दान बहादुर गुरुङ, बालकुमारी माबिका प्राचार्य नारायण वहादुर थापा, क्षेत्रीय शिक्षा निर्देशक दिनेश कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Shaja Sawal

Starts at: 21:20 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award