मध्य नेपाल

हाजिरी जवाफ प्रतियोगीतामा वाल बिकास ईङ्लीस स्कुल प्रथम
कालिका, माघ, २६ ।
माडि नगरस्तरीय निम्न माबि हाजिरी जवाफ प्रतियोगीतामा वाल बिकास ईङ्लीस स्कुल प्रथम भएको छ ।
 
जनजिवन माध्यमिक विद्यालय माडीको स्वर्ण महोत्सवको अवसरमा आयोजीत प्रतियोगीतामा कृणनगर माबि कृष्णनगर दृतिय, जनकल्याण माबि कल्याणपुर तृतिय र जनजिवन माबि खर्खट्टा सान्तोना भएको छ । माडी नगरपालिका भित्रका १२ बटा बिद्यालयको सहभागीता भएको प्रतियोगीतामाउत्कृष्ट हुनेहरु लाई नगद सहित पमाण पत्र बितरण गरीएको बिद्यालयका प्राचार्य शोभाखर गौतमले जानकारी दिनु भयो ।
 
उत्कृष्ट बिद्यार्थीहरु लाई प्रमुख अतिथि बिद्यालयका पुर्व प्राचार्य देवप्रसाद पौडेल द्धारा पुरस्कार प्रदान गरीएको थियो । बिद्याकलय ब्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगीतामा शिक्षकहरु अमृता कार्की र राम प्रसाद भण्डारी लगाएतको सहभागीता रहेको थियो ।
 
यसैबिच सोही अवसरमा आजै निवन्ध लेखन प्रतियोगीताको आयोजना भएको समेत बिद्यालयले जनाएको छ । सो निवन्ध प्रतियोगीताको नतिजा भने माघ २९ गते आउने  बिद्यालयका प्राचार्य गौतमको भनाई छ । बिद्यालयले  माघ २४ गतेदेखि फागुन १ गते सम्म करीव १ महिने कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाइने जनाएको छ ।
 
भने स्वर्ण महोत्सवको उद्घाटन माघ २७ गते पुर्व प्रधानमन्त्रि एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award