मध्य नेपाल

चितवनमा क्यान इन्फोटेक मेला शुरु चितवनमा क्यान इन्फोटेक मेला शुरु
राजु थापा, माघ २५, कालिका 
 
विज्ञान र प्रविधिको प्रर्दशनी र प्रर्वद्धन गर्ने मुख्य उद्धेश्य सहित विहिवारबाट चितवनमा डिजीकम तेस्रो क्यान इन्फोटेक मेला शूरु भएको छ । कम्युटर एशोसियन नेपाल महासंघ (क्यान),चितवनले आयोजना गरेको मेलालाई चितवन क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेलले एक कार्यक्रमका विच उद्धधाटन गर्नु भएको हो ।  उद्धघाटन गर्दै नेता पोख्रेलले अहिलेको युग भनेको प्रविधिको युग भएको र अहिलेको राजनैतिक परिर्वतन पछि सरकारले लिने आर्थिक नितिमा प्रविधिको उपयोग हुनेमा कसैले रोक्न नसक्ने बताउनु भयो । उहाँले स्मार्ट सिटी बनाउने सरकारको लक्ष्यलाई यस्तो मेलाले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भएको थियो । 
माघ २९ गतेसम्म सञ्चालन हुने सो मेलामा स्मार्ट सिटीलाई आधार मानेर तयार पारिएका प्रविधि प्रर्दशनी,ल्याप्टप,प्रिन्टर र डेक्सटपको फ्रि सर्भिस क्याम्प,ल्याप्टप कम्प्युटर खरिदमा विशेष छुट,स्मार्ट होम सम्वन्धी सामाग्रीको प्रर्दशनी,आइटी सेमिनार,इन्टर कलेज क्वीज प्रतियोगिता,अनुभव आदन प्रदान कार्यक्रम,सामाजिक संजाल र व्यापार सम्वन्धी गोष्ठी आयोजना गरिएको छ । मेलामा चितवनका विभिन्न १० कलेजका विद्यार्थीहरुले स्मार्ट सिटी सम्वन्धी नयाँ–नयाँ प्रविधिहरु प्रस्तुत गर्ने छन् । 
सरकारी विद्यालयबाट मेलाका लागि अवलोकन गर्न आउने विद्यार्थीलाई विद्यालयको पत्रका आधारमा निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिने क्यान चितवनका अध्यक्ष भानु शर्माले वताउनुभयो । उहाँले सूचना र सञ्चार प्रविधिलाई पूर्वाधारका रुपमा विकास गर्न अनुभव साटासाट गरिने बताउनुभयो ।
मेलामा देशभरका सूचना प्रविधिका कम्युटर, मोवाइल, ल्यापटप, स्मार्ट टीभी , सफ्टवेयर लगायतका ८० वटा स्टलहरु रहने छन् । उद्धधाटन कार्यक्रममा क्यान महासंधका केन्द्रिय अध्यक्ष हेमन्त कुमार चौरासिया, पुर्व अध्यक्ष विप्लवमान श्रेष्ठ, चितवन उधोग संधका अध्यक्ष भेषराज दवाडी, उवासंध चितवनका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । चितवन प्रर्दशनी केन्द्रमा ५ दिन चल्ने मेला शुरु हुनु अधि विहिबार उधोग बाणिज्य संध चितवनबाट र्याली निकालिएको थियो । र्याली मेनरोड, पुल्चोक, लायन्सचोक, चौविसकोठी, अस्पताललाईन हुदै प्रर्दशनी केन्द्रमा आई टुङगीएको थियो । यस्तै विहिवार नै आईटी स्कुल हाजिरी जवाफ प्रतियोगिता समेत संचालन भएको थियो । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award