मध्य नेपाल

गुण्डागर्दी र लागुऔषधको कारोबारमा ३ जना पक्राउ गुण्डागर्दी र लागुऔषधको कारोबारमा ३ जना पक्राउ
सविता दराई कालिका माघ २३ 
वडा प्रहरी कार्यालय नारायणगढले लागु औषध सहित ३  जनालाई प्रकाउ गरेको छ । माघ २२ गते सोमबार वडा प्रहरी कार्यालय नारायणढका प्रहरी गस्ती टोलीले दिउसो चार बजे भरतपुर वडा नं १ पोखरा बसपार्क बाट कास्की पोखरा लेखनाथ ८ बस्ने बर्ष ३० का सुर्य गुरुङ र गोरखा शहिदलखन गाउपालीका वडा नं ६ बस्ने २४ बर्षका मनोज भटटलाई पक्राउ गरेको हो । उनिहरुबाट डाईजेपाम २९ एम्पुल, ब्रुफिनर्फिन २९ एम्पुल, फेनारगन २९ एम्पुल बरामद भएको छ ।
यस्तै भरतपुर वडा नं १६ बस्ने १७ बर्षिय मन्जिल कुमाललाई नाईट्राजेपाम ७२० ट्यावलेट सहित प्रकाउ गरीएको छ । कुमाललाई वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको गस्ती टोलीले पुलचोक बाट रातीको ९ बजेको समयमा पक्राउ गरेको हो । प्रकाउ परेका तिनै जनालाई हिरासतमा राखी अदालत बाट म्याद थप गरी लागु औषध नियन्त्रण ऐन अनुसार कारवाही अगाडी बढाईने जिलला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
यस्तै जिल्ला प्रहरी कार्यालय चितवनले गुण्डागर्दी गर्ने एक जनालाई प्रकाउ गरेको छ । भरतपुर महानगरपालीका वडा नं ३ लायन्सचोक स्थित सब्जीमण्डीमा गुण्डागर्दी गर्ने गरेको तरकारी ब्यबसायीको जनगुनासोकोको आएपछि सो एरियामा गुण्डागर्दी गर्ने भरतपुर वडा नं १ बस्ने बर्ष ३२ का बिरु महर्जनलाई पक्राउ गरीएको हो । महर्जनलाई सार्वजनिक अपराध र सजाँय ऐन अन्तर्गत थप गरी कारबाही अगाढी बढाएको छ भने अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक प्रभु प्रसाद ढकाल द्धारा विज्ञप्तीमा जनाएको छ । 
 

 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Traffic Update

Started at: 09:10 HRS

Up Next

Tareli

Starts at: 09:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award