मध्य नेपाल

गणेश बजार ब्यबस्थापन समितिद्वारा बधाई तथा शुभकामना । गणेश बजार ब्यबस्थापन समितिद्वारा बधाई तथा शुभकामना ।
सविता दराई कालिका माघ २२ 
नारायणगढको मैयादेवि मार्ग स्थित गणेश बजार ब्यबस्थापन समितिले उधोग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिइएको छ । समितिको दोस्रो बाषिर्क  सधारण सभाको अवसरमा उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान सहित सम्पुर्ण  नव निर्वाचित पदाधिकारीलाई प्रमाण  पत्र र दोसल्लाले सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष बसन्त मोहन अधिकारीको अध्यक्षता रहेको कार्यक्रममो उ.बा. संघ चितवनका नबनिर्बाचित सम्पूर्ण पदाधिकारीहरुज्यूहरुलाई ब्यावसायिक क्षेत्रमा चितवनको ईतिहास रच्ने रचनात्मक कार्यमा सफल होस भन्दै बिशेष हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको हो । सो कार्यक्रममा सामाजिक एबं ब्यावसायिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुहुने अग्रज ब्यत्तित्व निबर्तमान अध्यक्ष– पृथ्वी नारायण श्रेष्ठलाई दोसल्ला ओढाई चादीँको सम्मानपत्र प्रमुख अतिथिद्धारा प्रदान गरिएको थियो । साथै सो कार्यक्रममा संस्था स्थापनार्थ बिशेष सहयोग गर्नुहुने सहयोगी हातहरुलाई सम्मान सहित बिशेष धन्यबाद ब्यक्त गरिएको छ । सो कार्यक्रमको उद्घोषण उपाध्यक्ष अरुण बरालले गर्नु भएको थियो भने स्वागत मन्तब्य कार्यक्रम संयोजक मिना पौडेलले ब्यक्त गर्नु भएको थियो । सचिवको प्रतिबेदन रामप्रसाद पौडेलले बाचन गर्नु भएको थियो । सो कार्यक्रममा नबनिर्बाचित उ.बा.संघ– चितवनका सम्पूर्ण पदाधिकारी, स्थानिय संघसंस्थाका प्रतिनिधिहरु लगायत ध्ब्थ् न्चयगउ का पदाधिकारीहरु, ब्यावसायीक ब्यक्तित्व लगायतको उपस्थिती रहेको थियो । प्रमुख अतिथि प्रधानले शुभकामना मन्तब्य ब्यक्त गर्दै यस बजारले छोटो समयमा चितवनको नमुना बजार ब्यावस्थापन रुपमा सरसफाई, पार्किङ्ग ब्यावस्थापन, रक्तदान, राहत बितरण, चेपाङ्ग बस्तीमा न्यानो कपडा बितरण लगायतका सामाजिक एबं ब्यावसायिक ब्यक्तित्व बृद्धि बिकास गर्ने खालको  कार्य गरेकोमा अत्यन्त सह्रानीय काम भएको बताउनु भयो । अझ अग्रसर भएर ब्यावसायीक साथै सामाजिक क्षेत्रमा समेत अतुलनिय योगदानबाट समाजिक कार्यमा लाग्न प्रेरित गर्नुभयो साथै आप्mनो कार्यकालमा बजार ब्यावस्थापन वा अन्य सम्बन्धित टोल बिकास संस्थाहरुलाई कम्तिमा त्रैमासिक रुपमा संस्थागत गतिबिधीसम्बन्धी छलफल कार्यक्रम राख्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award