मध्य नेपाल

तेस्रो लिङ्गी हरुको गुनासो । तेस्रो  लिङ्गी हरुको गुनासो ।
सविता दराई कालिका माघ २२ 
भाडा माझेर समत खान नपाईने तेस्रो लिगीहरुले गुनासो गरेका छन् । सोमबार नेपाल सरका महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा महिला तथा बालबालिका कार्यालय चितवनको समन्वयमा सन्चालन भएको यौनिक तथा लैगिक अल्पसख्यक समुदाय तथा सरोकारवालाहरु विचको अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागि तेस्रो लिगिले यस्तो गुनासो गरेका हुन् । तेस्रो लिगि भएकै कारण राज्यले नागरीता नदिदा काम गरेर खान पनी नपाउदा राज्यले उनिहरुलाई  पनि निति नियम बनाउनु पर्ने र नागरिता दिनु पर्ने माग पनि गरेका छन् ।अहिले चितवनमा निलहिरा समाज  अर्थात मानब समर्थन समाजमा आबद्ध भएपछि आफुरुले रोजी रोटी पाउन सकेका बताएका छन् भने ति सस्थामा अहिले ५५ सयले सेवा लिईरहेको जानकारी समेत दिएका छन् कार्यक्रममा नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सह सचिव राधिका अर्यालले स्थानिय तहले नै निति नियम बनाउन सक्ने अधिकार पाएकोले अब स्थानिय सरकाले नै यौनिक अल्पसख्यक,का हितका लागि निति नियम बनाउन जोड दिनु पर्ने बताउनु भयो । महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ता कुमारी पौडेलले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको कार्यक्रममा मन्त्रालयका उप सचिव भरतराज शर्माले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्ण कुमार डल्लाकोटीले समाजम हुने योनिक तथा लैगिक भेदभाव अन्य गर्नु पर्ने बताउनु भयो  ।त्यसका लागि समान अवसर दिनु पर्ने बताउनु जोड दिनु भयो । 
कार्यक्रममा उधोग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले योग्यता प्राप्त तेस्रो लिगीहरुलाई औधोगिक क्षेत्रमा जादा फर्कन नपर्ने बातावरण बनाउन पहल गर्ने बताउनु भएको छ । भरतपुर वडा नं १२ का वडा अध्यक्ष नरेन्द्र कन्दङवाले तेस्रो लिगीहरुको लागी सरकारलनै नितिनियम बनाएर पठाउनु पर्ने बताउनु भएको छ । उहाले यसरी आउदा वडा वा महानगरपालीकाले कुनै पनि काम गर्न रोक्न नसक्ने पनि बताउनु भयो । कार्यक्रमा १६ जना तेस्रो लिगी र महिला अधिकार कर्मी , जिल्ला प्रहरीका प्रतिनिधि, जिल्ला शिक्षा प्रतिनिधि, जिल्ला जनस्वास्थ्य प्रतिनिधि, विभिन्न सरोकारवाला संघ सस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Guff Shop

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award