मध्य नेपाल

स्वर्ण बार्षिकोत्वस मुल समारोह समिति गठनका लागि बृहत भेला ।
 
कालिका पुष २९ सविता दराई 
नयाँ किरण माध्यमिक विधालय भरतपुर ११ भोजाडले यहि चैत्र २६ गते मनाउने स्वर्ण बार्षिकोत्वसको लागि मुल समारोह समिति गठन गरेको छ । विधालयले शनिबार बृहत भेलाको आयोजना गरी १० मुल समारोह समिति गठन गरेको हो । जसमा १ मा विधालय ब्यबस्थापन समितिका वर्तमान पदाधिकारीको समिति, २ मा शिक्षक अभिभावक संघका अध्यक्ष ३ मा सल्लाहाकार समितिका संयोजक ४ सहायक प्रधानाध्यापक ५ मा उपसमितिका संयोजक ६ मा चन्दादाता  १ जना ७ मा भुपु विधार्थीका अध्यक्ष छात्र छात्र एक एक जना, ८ मा निमार्ण समितिका संयोजक, ९ मा कमलादेवी मन्दिर टोलका अध्यक्ष १० मा जागृति टोल सुधारका अध्यक्ष रहने गरी १ हजार सदस्यीय बनाउने गरी मुल समिति गठन भएको हो ।
क्षेत्र नं २ का सासद कृष्ण भक्त पोख्रेल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा प्रदेश  सासद विजय सुवेदी, समानुपातिक सासाद पार्वती सिलवाल, भरतपुर वडा नं ११ का वडा अध्यक्ष बाबुराम अधिकारी, सस्थापक प्रधानाध्यापक ईन्द्रप्रसाद रेग्मी, भरतपुर ११ का ९३ टोलका प्रतिनिधि, विधालय ब्यबस्थापन समितिका पुर्व सदस्य रुक्माङत पाण्डे पुर्व प्राध्यापक घनश्याम पौडेल, ग्रेस बालगृहका सन्चालक हरिकुमार खाती भुपु विधालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द्र कुमारी खड्काले विधालयको भौतिक तथा पढाईको स्तरउन्नतकिो लागि स्वर्ण महोत्वसमा आर्थिक सहयोग गर्ने बताउनु भएको छ। उहाहरुले आ आपनो तर्पm बाट सहयोग रकम  पनि घोषण गर्नु भएको छ ।  सहायक प्रधानाध्यापक कुस्माखर न्यौपाने र शिक्षक भवानी प्रसाद शर्माले सन्चालन गर्नु भएको कार्यक्रममा स्थानिय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनका जनविर्नाचित पदाधिकारीलाई  बधाई ज्ञापन तथा सम्मान समेत गरीएको थियो ।विधालयका प्रधानाध्यापक रामेश्वर अधिकारी स्वर्ण महोत्सव सास्कृतिक कार्यक्रम संयोजक रमनमान श्रेष्ठ लगायत शिक्षक शिक्षिकाहरु अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमा विधार्थीले सास्कृतिक प्रस्तुती समेत प्रस्तु गर्नु भएको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swornim Dhun

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award