मध्य नेपाल

चितवनका प्रदेश सांसदको प्रश्न, संसद बैठक कता बस्छ?(अडियो रिर्पोट) चितवनका प्रदेश सांसदको  प्रश्न, संसद बैठक कता बस्छ?(अडियो रिर्पोट)
केदार शर्मा, कालिका, 
चितवन २८ । दोश्रो चरणमा निर्बाचन भएको चितवनमा निर्वा्चित भएको झण्डै १ महिना पुग्नै लाग्दा पनि प्रदेशसभाका सांसदहरुले सपथ लिन पाएका छैनन् । सरकारले प्रदेश प्रमुख, प्रदेश राजधानी, बैठक हल औपचारिक रुपमा नतोकेपछि प्रदेशमा निर्वा्चित सांसदहरु पनि अलमलमा छन् ।
                                                                     एक रिर्पोट सहकर्मी केदार शर्मा बाट । 
 
चितवन निर्बाचन क्षेत्र नम्बर ३ ख बाट प्रदेशसभामा निर्वा्चित हुनुभएका रामलाल महात्तो औपचारिक रुपमा निर्वा्चित हुनुभएको झण्डै १ महिना पुग्न लाग्यो । तर, उहाँले न सपथ लिन पाउनुभएको छ, न आफ्नो प्रदेशको राजधानी तोकिएको छ । यति सम्म पनि संसद बैठक कता बस्छ भन्ने पनि थाहा छैन । उहाँ सरकारको निर्णय कुरेर बस्नुभएको छ । उहाँ भन्नुहुन्छ ‘निर्वा्चित एक महिना हुन लाग्यो तर कामको मेलोमेसो पाईएको छैन’ ।  बाईट १
उहाँ मात्र हैन चितवन निर्बाचन क्षेत्र नम्बर १ ख  बाट एमालेबाट प्रदेशसभामा निर्बाचित हुनु भएका कृष्ण खनाल अझै मतदाताहरुलाई धन्यवाद दिनमा नै व्यस्त हुनुहुन्छ । शपथ ग्रहण गरेर पहिलो बैठक बस्न पाएको भए अरु काम शुरु हुन्थ्यो सांसद भएको प्रक्रिया नै अगाडी नबढेपछि के गर्ने के नगर्ने उहाँ अलमलमै हुनुहुन्छ । 
बाईट २ 
सरकारले तोकेको प्रदेश प्रमुखबाट प्रदेश सांसदले सपथ ग्रहण गर्ने भनिएपनि प्रदेश प्रमुख तोक्न ढिलाई भइरहेको छ । प्रदेशमा समानुपातिक तर्फबाट सांसद बनेका सांसदहरुले औपचारिक रुपमा प्रमाणपत्र पनि लिन पाएका छैनन् ।  प्रदेश प्रमुख तथा प्रदेशसभाका लागि आवश्यक अरु निर्णय पनि सरकारले गर्न सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीका अनुसार प्रदेशको अस्थायी राजधानीको विषय टुंग्याउने पहल भईरहेको छ ।
बाईट ३
लामो समयसम्म  प्रदेश प्रमुख तथा राजधानी र बैठक कक्षको टुङ्गो नलाग्दा नवनिर्वा्चित सांसदहरु भने अन्यौलमा छन् ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Balika Hamro Sarokar

Starts at: 19:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award