मध्य नेपाल

उवासंघ चितवनका प्रतिस्पर्धी श्रेष्ठ र प्रधानका एजेण्डा उस्तै उवासंघ चितवनका प्रतिस्पर्धी श्रेष्ठ र प्रधानका एजेण्डा उस्तै
कालिका, पौष २६ ।
चितवन । यहि पुस २९ गते हुन लागेको उद्योग वाणिज्य संघ चितवनको अधिवेशनले यतिबेला निकै चर्चा र परिचर्चा पाएको छ । प्रया यो चिसो मौसाममा चिया पिउदाँ होस या बिभिन्न चोकमा आगो ताप्दा होस चर्चा उद्योग वाणिज्य संघ चितवनको अधिवेशनकै सुन्न सकिन्छ ।  हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनले पनि नतातेको चितवनको नारायणगढ बजार उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनले मज्जाले तातेको छ ।
 
यति बेला उद्योगीहरु स्थानीय निकाय निर्वाचनको झल्को दिने गरी प्रचारप्रसारमा जुटेका  छन । यही पुस २९ गते हुने उद्योग वाणिज्य संघ चितवनको अधिवेशनमा अध्यक्ष निर्वा्चित हुन वर्तमान बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र गएको अधिवेशनमा पराजित अध्यक्ष पदका प्रत्यासी सहनलाल प्रधान आमने सामने भएका छन् । बाल्यकालका निकै मिलनसार यि दुई साथीहरु चुनावी मैदानमा आएपछि कसलाई साथ दिने भन्नेमा धेरै व्यवासायीहरुमा अन्यौलता पनि आएको छ । दुवै व्यवसायीहरु बिचमा निकै लोकप्रिय मानिन्छन् ।
 
व्यवसायीसँग मत माग्न दुई हप्तादेखि घरदैलो गरिरहेका उनीहरूको विभिन्न वस्तुगत संघसंगठनको कार्यक्रममा पुग्नु, भाषण गर्नु, आफ्नो एजेन्डा प्रस्तुत गर्दै भोट माग्नु नियमित काम भएको छ । राजु र सहन प्यानल यतिवेला आ–आफ्नै तबरबाट घरदैलो अभियानमा सक्रिय छन् ।
राजुलाई राजन गौतमसहित विभिन्न ३० वटा बस्तुगतसंघसंस्थाको समर्थन पाएका छन् । भने हाल अध्यक्ष राजन गौतमसगँ पराजित भएका प्रधान पूर्व अध्यक्षहरुको साथ लिदै चुनावी मैदान छन् । व्यवसायीलाई हरेक समय सुख दुखमा साथ दिने एक दशक देखी उद्योग वाणिज्य संघ चितवनको बिभिन्न पदमा रही श्रेष्ठले निकै लोकप्रिय कामहरुको प्रशंसा पाएका छन् ।
 
उनलाई समर्थन गरेकाहरु उवासंघको हित र समग्र व्यवसायी र चितवनको बिकासका लागि राजु श्रेष्ठको विकल्प नभएको दाबी गर्छन् । श्रेष्ठले यस पटकको चुनावमा अध्यक्ष पद आफनो भएको र सबैको समर्थन र साथ रहेकोले आफनो जीत निश्चित भएको दाबी गरेका छन् । विधिको साशन र पद्धतीलाई स्थापित गर्न आफुले उम्मेदवारी दिएको उवासंघ चितवनका अध्यक्ष राजु श्रेष्ठले बताएका छन् ।
 
‘त्यो विधिको शासन र पद्धती भनेको के हो भनेदेखि उनले भने, अब बरिष्ठ उपाध्यक्ष भएपछि जाने ठाउँ कहाँ हो त नि ? त्यहि विधि अनुसार बरिष्ठ हुदै अध्यक्षमा उम्मेदवारी दिएको हुँ । ’ चितवनको आर्थिक बिकास र सम्पुर्ण व्यवसायीहरुको हकहितका लागि आफु कटिबद्ध रहेको उनले बताए । विगतका समयमा पनि आफुले संघ र व्यासायीहरुको हितका लागि काम गरेर सबैको मन जितेको आधारमा नै आफनो जीत सुनिश्चित रहेको उनको भनाई छ ।
 
व्यवसायीहरुमा आईपर्ने विभिन्न नयाँ नयाँ समस्या र सरकारका विभिन्न निकायहरुसंग भईरहने असमझदारीहरु न्युनिकरणका लागि आफनो भूमिका महत्वपुर्ण हुने उनको प्रतिबद्धता रहेको छ ।
चितवनको शक्तीखोरमा निमार्ण हुदै गरेको औधोगिक क्षेत्रका लागि लगानीको उपयुक्त बाताबरण सृजना गर्न आफनो बिशेष भुमिका रहने श्रेष्ठले बताए । बहुउद्देश्यीय हलको अवधारण, पर्यटन र कृषिमा सुधार, कृषिको आधुनिकीकरण, सौराहासंगै चितवनका अन्य पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार, अटो ल्याण्ड एवं बधशाला, फोहर मैला व्यवस्थापन, पाकिङ्कको समस्या लगायत जिल्ला समन्वय समिति र भरतपुर महानगरपालिकासँग मिलेर अन्य समस्याको समाधान नै आफनो मुख्य प्राथामिकता रहेको श्रेष्ठले बताए ।
 
भरतपुर महानगरको स्वामित्वमा भएको लायन्स चोकको फलफुल तथा तरकारी बजार त्यहाँ बाट सार्न श्रेष्ठले ठुलो भुमिका खेलेका थिए । साथै उनका टिमका बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार विष्णुप्रसाद कडेँलले जिल्लामा रहेको उद्योग व्यवसायीहरुको विकास र प्रर्वद्धन गर्दै पर्यटन विकासमा आफुहरु लागि पर्ने बताए । यस्तै उनकै टिमका उपाध्यक्ष पदका उम्मेदरवार विपिन रामुदामुले व्यवसायीक अधिकार स्थापित गर्दै शान्तीपूर्ण तवरले व्यवसायी विकासका लागि चुनावी मैदानमा आएको बताए । भने अर्को उपाध्यक्ष पदका उम्मेदवारहरु नविन कडेँल र राजेन्द्र कडेँलले पनि व्यवसायीहरुमा विभिन्न खालका समस्या र डर त्रास हटाउदै छहरिएर रहेका व्यवसायीहरुलाई एकजुट गराउने दावी गरे ।
 
यस्तै अर्को अध्यक्ष पदका उम्मेदवार सहनलाल प्रधानले व्यवसायीहरुको हकहित, संरक्षण र सम्र्वद्धन गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । ‘चितवन कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा तथा उद्योगको प्रमुख सम्भावना भएको चितवन हो उनले भने । यसमा लगानी गर्न उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने खालका निती तथा कार्यक्रमहरु ल्याउने योजना छ । ’
 
उनले संघका सदस्यहरुलाई क्षमता अभिवृद्धिकरण, नारायणगढ बजार क्षेत्रलाई व्यवस्थित गर्ने, घरबहालमा व्यवसाय गर्ने उद्योगी व्यवसायीहरुको समस्याहरुलाई समाधान गर्ने व्यवसायीसँग प्रतिवद्धता जनाए । पूर्व अध्यक्षहरुको समर्थन र सबै व्यवसायीहरुका साथ नै आफ्नो जित भएको समेत उनले दावी गरे । उनले चितवनको समग्र सामाजिक र आर्थिक विकाससगैँ देशको अर्थतन्त्र सबल समक्ष बनाउन आफु कटिबद्ध रहेको बताउछन् ।
 
आफुले व्यवसायीको हक हितमा काम गर्न सक्ने र आफुलाई ब्यवसायीको निकै ठुलो माया र स्नेह भएकाले व्यवसायीको चाहाना पुरा गर्ने बताए । उनकै टिममा बरिष्ठ उपाध्यक्ष रहेका चुननारायण श्रेष्ठले नीतिगत रुपमा आर्थिक विकासका लागि आफुले उम्मेदवारी दिएको बताए । उनले समृद्ध चितवन बनाउन आफुले आर्जन गरेको शिक्षा सिपलाई प्रयोग गर्दै नयाँ विकासे योजनाहरु ल्याउने दाव गरे । साथै उपाध्यक्षहरु भोजराज कौडाल, चिरन्जीवि सुवेदी र सुमन श्रेष्ठ ढुक्कसँग व्यवसाय सञ्चालन गर्ने वतावरण बनाउनका लागि आफुले उम्मेद्वारी दिएको बताए । उनीहरु व्यसायिक हित र एकता आफुहरु मुल मन्त्र भएको समेत दावी गरे ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Kalika Sms Zone

Started at: 11:05 HRS

Up Next

Kalika Highlites

Starts at: 12:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award