मध्य नेपाल

मतदाता परिचयपत्र वितरण हुदै मतदाता परिचयपत्र वितरण हुदै
राजु थापा, मंसिर १९, कालिका 
 
चितवन जिल्लाका ४ सय ८ वटै मतदान केन्द्रमा मंगलबारबाट मतदाता परिचय पत्र वितरण सहित मतदान स्थल निमार्णको काम चलिरहेको मुख्य निर्वाचन अधिकृत कुल प्रसाद शर्माले बताउनु भएको छ । जिल्लाको १ सय ६१ स्थलको ४ सय ८ केन्द्रमा ४ हजार ८ सय ८६ जना कर्मचारी खटाईएको उहाँले जानकारी दिनु भयो जस मध्य ३ हजार२ सय ५९जना जिल्लाबाट खटाएके हो भने १ हजार  ६ सय २७ जना स्वयंमसेवक मतदान केन्द्रमा स्वयंमसेवकको रुपमा खटाईने छ । 
 
मंगलबार र बुधवार मतदान केन्द्रहरुमा मतदाता परिचयपत्र वितरण संगै मतदाता शिक्षा पनि दिईरहेका छन् । यस पटक ३ वटा मतपत्रमा ४ ठाँउमा मतदान गर्नु पर्दछ । मंसिर २१ गते मतदान गर्न र आफनो मत अधिकार प्रयोग गर्न अहिले मतदाता शिक्षा स्वयंम सेविकाहरु र दलका स्वयंम सेवकहरुले सिकाउने गरेको देखिन्छ । चितवनमा ३ निर्वाचन क्षेत्रमा ३ लाख ५४ हजार ३६ जनाले आफनो मत अधिकार प्रयोग गरि आफना प्रतिनिधि चुन्दैछन् । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award