मध्य नेपाल

प्रचण्ड संग मिलेमतो हामीलाई थाहा छैन – बादरमुढे घटना पिडित । प्रचण्ड संग मिलेमतो हामीलाई थाहा छैन – बादरमुढे घटना  पिडित ।
कालिका मंसिर १७ 
चितवनको बाँदरमुढे घटना पिडित समितिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग मिलेमतो गरेको कुरा आफुहरुलाई थाहा नभएको बताएको छ । आईतबार माडी नगरपालीकामा अध्यक्ष प्रचण्डले केही पिडितलाई बोलाएर मिलेमतो गरेको सुचना आएकोमा समितिका कुनैपनि पदाधिकारीलाई त्यो कुरा थाहा नभएको बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले आज विज्ञप्ति प्रकाशित गरी प्रतिक्रिया दिनु भएको छ । 
 
बिज्ञप्तिमा आफुहरुलाई न्याय दिन नसकेका प्रचण्डले चुनाबको मुखैमा आएर भोटको निम्ति केही ब्यक्तिलाई प्रलोभनमा पारिएको कुरा उल्लेख गरिएको छ । साथै पिडित समितिले पिडितको ज्युज्यानको सुरक्षा, राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन बमोजिम दोषिलाई कारवाही गर्ने, घटना स्थलमा ऐतिहासिक सङग्रालय निर्माण र घाईते तथा मृतकहरुको परिवारको लागि परिपुरणको ब्यबस्था गरियोस् भनि माग माग गरेको छ । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award