मध्य नेपाल

अपाङ्गता भएका बिरामीहरुलाई ब्लाङ्केट वितरण
 चितवन, १७ मंसिर
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर नारायणगढका लायन्स लियो क्लबले भरतपुर अस्पतालमा रहेका अपाङ्ग बिरामीहरुलाई न्यानो कपडा वितरण गरेको छ । लायन्स÷लियो क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ नारायणगढ नारायणीको संयुक्त आयोजनामा आइतबार अस्पतालको स्पाइलन इन्जुरी केन्द्रमा रहेका बिरामीहरुलाई ब्लाङ्केट र फलफूल वितरण गरिएको हो । 
 
लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले मेरुदण्ड भाँचिएर उपचार गराइरहेका विभिन्न आठ जना बिरामीलाई ब्लाङ्केट र फलफूल वितरण गरिएको जानकारी दिनुभयो । चिसो बढ्दै गएको र आर्थिक अवस्था न्यून भएका बिरामीहरुले त्यहाँ उपचार गराइरहेकाले उनीहरुलाई न्यानोका लागि ब्लाङ्केट वितरण गरेको चुकेको भनाइ थियो । पाँच वर्ष अगाडि स्थापना भएको स्पाइनल इन्जुर केन्द्रलाई विभिन्न संघसंस्थासँग मिलेर बोर्ड गठन गरेर सञ्चालन गरिएकोमा दुई हप्ता अगाडिदेखि भरतपुर अस्पतालको स्वामित्वमा ल्याइएको छ । 
 
धेरै बिरामीहरु उपचार गराइरहेको अस्पतालले आफ्नै शुल्कमा समेत बिरामी उपचार गर्दै अबको दिनमा सेवा विस्तार गर्दै जाने अस्पतालका मेसु बताउनुहुन्छ । राजधानी बाहिरको एक मात्रै स्पाइन इन्जुरी केन्द्रमा तराईका २३ जिल्लाका बिरामीहरुले सेवा लिइसकेका छन् । आठ बेड भएको स्पाइनल इन्जुरी केन्द्रको छुट्टै फिजियोथेरापी कक्ष समेत रहेको छ । स्पाइनल इन्जुरी केन्द्रलाई गुणस्तरीय बनाउँदै लैजाने तयारी भएको अस्पतालले जनाएको छ । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award