मध्य नेपाल

देवीलाई साथमा लिएर प्रचण्ड घरदैलोमा देवीलाई साथमा लिएर प्रचण्ड घरदैलोमा
कालिका, कार्तिक २४ 
स्थानीय तहको निर्वाचनमा आफ्नै छोरी रेणु दाहालसंग प्रतिस्पर्धामा रहेका एमाले नेता देवी ज्ञवालीलाई साथमा लिएर माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र नं ३ का प्रतिनिधी सभाका उमेद्वार पुष्पकमल दाहाल प्रचण्ड घरदैलो अभियानमा जुटेका छन् ।
 
चुनावी अभियान शुरु गर्न विहीवार मात्रै राजधानी काठमाण्डौंवाट चितवन आई पुगेका प्रचण्डले स्थानीय तहको निर्वाचनमा निकै तिक्तता व्यहोरेका देवी ज्ञवालीलाई अगाडि लगाएर विहीवार साझवाटै घरदैलो शुरु गरेका छन् । उनले स्थानीय तहको निर्वाचनमा माओवादीले प्यानल नै जीत हासिल गरेको भरतपुरको वडा नं १३ उज्वलनगर चोकमा वाम गठवन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन गरी स्थानीयको घरदैलोमै पुगेर नमस्कार गर्दै भोट मागे । सो क्रममा नेता ज्ञवालीले प्रचण्डलाई देशको राजनेताको रुपमा मतदाता समक्ष व्याख्या गरेका थिए ।
उनका साथमा थिए चितवन क्षेत्र नं ३ अन्मतर्गत प्रदेश (ख) का संयुक्त वाम गठवन्धनका उमेद्वार रामलाल महतो । महतोले पनि आफुलाई  र प्रचण्डलाई संयुक्त रुपमा भोट मागिरहेका थिए । सो क्रममा प्रचण्डले आफु सो क्षेत्रमा पहिला साइकल चढेर हिड्ने गरेको सम्झदै दौतरी र आफन्तसंग निकै नजिकवाट भला कुसारी गरेका थिए ।
 
घरदैलोका क्रममा स्थानीयहरुले चितवनको क्षेत्र नं ३ मा देशकै शिर्ष नेता आएकोमा खुशी व्यक्त गरे । उनीहरुले आफ्नो एकसुत्रीय माग विकास मात्रै भएको भन्दै प्रचण्डलाई जीवनभर चितवनलाई केन्द्र वनाएर राजनीति गर्न एवम् विकास र सम्वृद्धिमा केन्द्रित रहन आग्रह गरे । कतिपय वृद्धवृद्धाले प्रचण्डलाई भेट्दा भक्कानिएर रुदै अंगालो मारे भने कतिपयले निहुरिएर खुट छने प्रयाश समेत गरेको देखियो । घरदैलोको क्रममा बालवालिका,युवायुवती र पौढहरुले समेत माओवादी अध्यक्ष प्रचण्डसंग सेल्फी खिचिरहेको दृश्य भने हेर्न लायक देखिन्थ्यो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 04:00 HRS

Up Next

Bhakti Sudha

Starts at: 04:05 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award