मध्य नेपाल

गोलाघाटदेखि सौराहासम्म पर्यटकीय मार्ग निर्माण गर्ने वन मन्त्री पाण्डेको उद्घोष गोलाघाटदेखि सौराहासम्म पर्यटकीय मार्ग निर्माण गर्ने वन मन्त्री पाण्डेको उद्घोष
कालिका, कार्तिक २३ ।
चितवन क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका उमेद्धवार तथा वन मन्त्री समेत रहनु भएका बिक्रम पाण्डेले नाराययणगढ देखि गोलाघाटसम्म र गोलाघाटदेखि पर्यटकीय नगरि  सौराहा सम्मको पर्यटकीय मार्ग निर्माण गर्न लागिएको बताउनु भएको छ । चुनाबी दौडानका भरतपुरको चनौलीमा पुग्नू भएका पाण्डेले आँफुले माडीलाई स्र्माट सिटीको रुपमा बिकाश गर्ने अबधारणा ल्याएको बताउदै आँफु निर्बाचित भएको ५ बर्ष भित्र चनौलीलाई स्र्माट सिटीको रुपमा बिकास गर्ने बताउनु भएको हो ।
मन्त्री पाण्डेले भरतपुर निकै साघुरो भयो अब स्र्माट सिटीको लागि चनौलीनै उपयुत्त हुने भन्दै अब चनौलीलाईनै पर्यटकीय स्थलको रुपमा अगाडि बडाउने दाबी गर्नु भएको हो । राप्रपा (प्रजातान्त्रीक)का उपाध्यक्ष समेत रहनु भएका पाण्डेले आँफ्नो पार्टी शान्ति, सु–ब्यस्था, बिकास र धैर्यता चाहेने बताउदै आँफु निर्बाचित भएको ५ बर्ष भित्रमा पटेहानी चोक देखि दिब्यनगरको घोल साईड सम्मको बाटो बनाउने र त्यस एरियाबाट पुल निर्माण गरि नवलपरासी सम्म लैजाने योजना समेत रहेको बताउनु भएको थियो ।
आँफ्नो गठ बन्धनमा नेपाली कांग्रेस मात्र नभई नयाँ शक्ति र थारुवट पनि गठबन्धनमा यात्रा गरेको भन्दै आँफ्नो जित पनि चितवन क्षेत्र नम्बर ३ मा हुने दाबी गर्नु भयो । उहाँले भन्नु भयो, ‘हमी त्यो काम गरेर नयाएको हो जनयुदको नाउमा धेरै भन्दा धेरै मानिस टुहुरा भएर बसेका छन त्यो पीडा भेग्नेलाई मात्र थाहा छ, त्यो बेला हामीहरु सडर्थाीको रुपमा बसेका थियौ अब त्यो समझने बेला पनि यहि निर्बाचन हो ।’ उहाँले आँफु कुनै मन्त्री प्रधानमन्त्री बन्नको लागि निर्बाचनमा होमिएको नभई आँफु बिकास गर्न निर्बाचामा होकिएको बताउनु भयो ।
कार्यक्रममा मन्त्री पाण्डेले नेपाली कांग्रेसका प्रदेश सभा क्षेत्र नम्बर ३ (ख)का उमेद्धवार साजन महतोलाई पनि अत्याधिक मतले बिजयी गराउन आग्रह गर्नु भएको थियो । 
 

 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award