मध्य नेपाल

मानव अधिकार प्रत्याभुति गर्दै समाजवाद ल्याउछौ ः पोखरेल मानव अधिकार प्रत्याभुति गर्दै समाजवाद ल्याउछौ  ः पोखरेल
राजु थापा, कात्तिक २२, कालिका 
 
मानव अधिकारका आधारभुत आवश्यकता पुरा गर्दै नेपामा समाजबाद स्थापना गर्न आफनो उमेरद्धारी रहेको चितवन निर्वाचन क्षेत्र नं. २ का उमेरद्धार कृष्णभक्त पोख्रेलले बताउनु भएको छ । ५ वर्षमा अहिलेको भन्दा ब्यापक वढी र अन्य पार्टीले गरेको भन्दा धेरै विकास गर्न नसके आफु अर्काे पटक कसैको लागि पनि मत माग्न  नआउने धारणा राख्नु भएको छ । बुधवार चितवन क्षेत्र नम्वर २ को   प्रदेश नम्वर २ को निर्वाचन परिचालन समितिको कार्यालयको बुधवार उद्धधाटन गर्ने क्रममा   नेता  पोखरेलले  यस्तो बताउनु भएको हो । देशमा अव जलविद्युत, पर्यटन, लगायतको विकास गरि आर्थिक समृद्धि सम्भव रहको बताउदै उहाँले तयसको लागि बामपन्थी गठबन्धनको बहुमत आवश्यक रहेको भनाई राख्नु भएके थियो ।
 
भरतपुर ११ विशालचोकमा रहेको सम्पर्क कार्यालयको उद्धधाटनमा प्रदेश २ का उमेरद्धार विजय सुवेदीले नेपालमा वामपन्थी गठबँन्धनले बहुमत ल्याए पनि प्रजातान्त्रीक साभ्यवाद अर्थात समाजबाद नै आउने हुदाँ त्यसको पक्षमा आम सर्वसाधारण रहेको बताउनु भयो । कार्यक्रम एमाले भरतपुर ११का अध्यक्ष प्रकाश आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
 
यस्तै बुधवार  नै बाम गठबन्धनको भरतपुर १२ मा निर्वाचन परिचालन कार्यालयको उद्धधाटन भएको छ । प्रतिनिधि सभाका उमेरद्धार कृष्णभक्त पोख्रेलले काार्यालयको उद्धधाटन गर्नू भएको हो । एमाले भरतपुर १२ र माओवादी केन्द्रका वडाका सदस्यहरुको सहभागिता रहेको कार्याक्रममा प्रदेश २ का उमेरद्धार विजय सुवेदी, माओवादी केन्द्र बुद्धिजिवि परिषद्का उपाध्यक्ष टेक बहादुर थापा, निर्वाचन परिचालन संयोजकहरु लागयतको सहभागिता रहेको थियो । एमाले भरतपुर १२ का अध्यक्ष शेषमणी नेपालको सभापतित्व रहेको कार्यक्रमलाई माओवादी वडा संयोजक कृष्ण प्रसाद दवाडीले संचालन गर्नू भएको थियो । 
 
यस्तै वाम गठवन्धनका चितवन २ का प्रतिनिधि सभा सदस्यका उमेरद्धार कृष्णभक्त पोख्रेलले  भरतपुर महानगरलाई नेपालकै दोस्रो पर्यटकीय आकर्षणको केन्द्र वनाउने बताउनु भएको छ । वुधबार विहान प्रचार प्रचारका क्रममा भरतपुर २ को क्षेत्रपुरमा गरेको घरदैलो कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । उहाँले पर्यटकीय दृष्टिले विकास गर्दै लैजाने बताउनु भयो । उहाले नारायणी नदीलाई ¥याफ्टिङको रुपमा विकास गरेर धेरै पर्यटक भित्राउन सकिने गरी योजना ल्याउने बताउनु भयो । कार्यक्रममा निर्वाचन क्षेत्र २ को २ प्रदेश सभा सदस्यका उम्मेदवार विजय सुवेदीले मेडिकल सिटीको रुपमा विकास भएको भरतपुरलाई अझ व्यवस्थित पारेर लैजाने बताउनु भयो । संयुक्त वाम गठवन्धनबाट निर्वाचनमा उठेका उम्मेदवारहरुले भरतपुरको वडा नं. २ मा चुनावी घरदैलो कार्यक्रम गरेका छन् । नेकपा एमाले नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेदवारका रुपमा रहेका नेताहरुलाई जिताउनको लागि दुवै पार्टीका नेता तथा कार्यकर्ताहरु प्रचारमा हिडेका छन् । 
 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award