मध्य नेपाल

माडी जाने निकुञ्जको बाटो पीच प्रक्रिया अगाडी बड्यो–वन मन्त्री पाण्डे माडी जाने निकुञ्जको बाटो पीच प्रक्रिया अगाडी बड्यो–वन मन्त्री पाण्डे
कालिका, कार्तिक २२ ।
चितवन क्षेत्र नम्मर ३ का प्रतिनिधि सभाका उमेद्धवार बिक्रम पाण्डेले लोकतान्त्रीक गठबन्धनले बिकासका कार्यलाई अगाडि बड्यायो भने बिकासका सबालमा सबै बाटो पीच र ठाडा खोलाहरुमा पुल बनाउने बताउनु भएको छ । बुधबार माडी बासिलाई संबोधन गर्दै वन तथा भु संरक्षण मन्त्री समेत रहेका पाण्डेले माडीका बस्ति नजिकका खोलामा तटबन्धन गर्दै खोलाहरुमा पुल निर्माण गर्ने बताउनु भएको हो । पाण्डेले आँफुले यस क्षेत्रको बिकासको लागि रिउ खोलाको तटबन्धनको लागि २ सय करोडको योजना ल्याई काम सुरु गरि सकेको समेत दाबि गर्नु भयो । 
 
‘पाण्डेले माडीका जनताको सहजताको लागि सबै कार्यलय एकै ठाँउमा राख्न खोज्दा त्यो आँफ्नो सोच अनुरुप अगाडि बड्न नसक्नु दुखद भयो’, उहाँले भन्नु भयो । पाण्डेले माडीको बिकाशको लागि भरतपुर महानगरपालिकामा समेत नभएको चक्र पथ माडी नगरपालिकामा अबधारणाको रुपमा ल्याएको बताउनु भएको थियो । पाण्डेले माडीलाई खानेपानी,बाटो–घाटो, सुबिदा समपन्न आवास निर्माणगरि माडीलाई देशकै नमुना नगर बनााउने लक्ष्य रहेकोे बताउनु भयो ।पाण्डेले आँफुले माडीको बिकाशको लागि चितवन राष्ट्रिय निकुञ्ज भित्रको बाटो पीच गर्न आँफुले पक्रिया अगाडि बडेको दाबी समेत गर्नु भयो । 
 
उहाँले माडीमा आँफुले अन्तराष्ट्रिय स्तरको मतस्य पालन सञ्चालन गरी माडीको माछा अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने बताउनु भएको थियो । उहाँले फरक प्रस्ङगामा आँफ्नो पहलमा केही दिन पहिल निकुञ्ज प्रबेस गर्दा तिर्ने शुल्क निशूल्कः भएको सबल पक्ष भएको बताउदै आँफ्नो कामलाई आँफुले ७२ घण्टामा गरे भन्नु निकै दुखत भएको बताउनु भएको छ  उहाँले आँफु यस क्षेत्रमा २० बर्ष देखि निरन्तर जनताको कार्यमा खटिएको बताउदै अब आँफ्नो लोकतान्त्रीको बिजयी पश्चाताप माडीलाई बिश्वकै नमुना पर्यटनको सहरको रुपमा बिकास गर्दै यस क्षेत्रमा आँउने पर्यटन माडी नछिरी चितवनबाटै बाहिर नजाने पर्यटन क्षेत्र बनाउने बताउनु भएके थियो ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award