मध्य नेपाल

चितवनमा तीन हजारको आँखा परीक्षण चितवनमा तीन हजारको आँखा परीक्षण
चितवन, २२ कात्तिक रासस
दृष्टिविहीनमुक्त चितवन बनाउने अभियानका साथ यहाँ शुरु भएको ‘आई क्याम्प फोर चितवन अभियान’अन्तर्गत तीन हजार जनाको आँखा परीक्षण गरिएको छ । अभियानले जिल्लाका आठ ग्रामीण क्षेत्रमा शिविरको आयोजना गरी त्यस क्षेत्रका सर्वसाधारणको आँखा परीक्षण गरेको हो । सपोर्ट एण्ड कियर लागुऔषध पुनःस्थापना केन्द्र भरतपुरले जर्मनी समाजसेवीले त्यहाँ संकलन गरेको रकमको सहयोगबाट शिविरको आयोजना गरेको हो ।  दृष्टिबिनाको सृष्टि अपूरो छ भन्ने मूलमन्त्रका साथ संस्थाले चितवनको राप्ती नगरपालिकाको एक ठाउँमा, रत्ननगर नगरपालिकाको तीन ठाउँमा, भरतपुर महानगरको एक ठाउँमा, कालिका नगरपालिकाको दुई ठाउँमा र माडीको एक ठाउँमा शिविरको आयोजना गरेको केन्द्रका प्रमुख राजबन्दु गौतमले बताउनुभयो । ती शिविरहरुमा बालबालिका र वृद्धवृद्धाहरुको सहभागिता बढिरहेको उहाँले बताउनुभयो ।  शिविरमा नेशनल आँखा अस्पताल भरतपुरले प्राविधिक सहयोग गरेको थियो । बिरामीका लागि आवश्यक चस्मा तथा औषधि जर्मनबाट नै पठाइएको थियो । शिविरमा सेवा लिन आउने बिरामीलाई औषधि चस्मादेखि शल्यक्रियासमेत निःशुल्क रुपमा प्रदान गरिएको उहाँले बताउनुभयो ।  सो क्रममा ५० जनाको निःशुल्क शल्यक्रिया गरिएको र दुई हजार चस्मा वितरण गरिएको गौतमले बताउनुभयो । शिविर निकै प्रभावकारी भएको र नेपालमा काम गर्न निकै आनन्दको अनुभूति गरेको शिविरमा सहभागी जर्मनी समाजसेवीको टोली प्रमुख ब्रिगेट ब्रगरले बताउनुभयो ।  आगामी दिनमा पनि सामाजिक काम गर्ने आफूहरुको चाहना रहेको उहाँको भनाइ थियो । कात्तिक ६ गते रत्ननगरको जिरौनाबाट शुरुवात गरिएको शिविर २१ गते सिद्धिमा गरेर समापन गरिएको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award