मध्य नेपाल

लोकतान्त्रीक गठबन्धन पदमा नभई बिकासको लागि अगाडि बढ्ने–मन्त्री पाण्डे लोकतान्त्रीक गठबन्धन पदमा नभई बिकासको लागि अगाडि बढ्ने–मन्त्री पाण्डे
गीता गुरुङ, कालिका, कार्तिक २१ ।
नेपाल सरकारका वन तथा भु संरक्षण मन्त्री बिक्रम पाण्डेले लोक्तान्त्रीक गठबन्धनका उमेदवारहरु निर्वाचित भए पछि पद लिनु भन्दापनि निर्वाचीत भएको स्थानको बिकास गर्ने सोच लीएर अगाडि बढेको दाबी गर्नु भएको छ । 
 
मंगलवबार चितवनमा नेपाल तरुणदल र राप्रापा ‐ प्रजातान्त्रीक) युवक संगठनको संयुक्त क्षेत्रीय चुनाव प्रचार प्रसार समिति द्धारा आयोजीत कार्यक्रममा बोल्दै मन्त्रि पाण्डेले यस्तो बताउनु भएको हो । उहाँले चितवनको क्षत्र नम्बर ३ बाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुका लागि लोकतान्त्रीक गठबन्धन बाट ब्यक्तिगत छबि तथा स्थापित भएका ब्यक्तिहरु लाई छनौट गरीएको बताउनु भएको छ । उहाँले चितवन जिल्लामा स्थापना गराईएका नापी तथा मालपोत कार्यलयले बिकासमा परिवर्तन आएको बताउदै घरमै बसेर जनताहरुले बिभिन्न सेवाहरु लिनसकिने महानगरपालिका बनाउने लक्ष्य लिएको बताउनु भयो । 
 
राष्ट्रिय प्रजातन्त्र पार्टी ‐ प्रजातान्त्रीक )का उपाध्यक्ष समेत रहनु भएका पाण्डेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‐ प्रचण्डले ) कहिले पनि हुनै नसक्ने कुराहरु बोल्ने गरेको बताउदै निकुञ्जमा सुरुङ्ग मार्ग र आकासे पुल निर्माण असम्भव रहेको बताउनु भएको छ । उहाँले माओवादीका वन मन्त्रि २ पटक सम्म हुदा पनि निकुञ्जका सडकमा पर्ने रुखहरुका काट्न नसकेको बताउदै आफुले केहिदिन अगाडी काट्न आदेश दिएको बताउनु भयो ।
 
 
कार्यक्रममा बोल्दै चितवन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभाका उमेदवार साजन कुमार महतोले मुलुकमा लोकतान्त्रीक गठवन्धन पराजीत भए मुलुकको संसधीय ब्यवस्था परिवर्ता हुने बताउनु भएको छ । सो संयुक्त युवक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै महतोले बामपन्थी गठवन्धनले जीत हात पारे संबिधान कार्यन्वयन तर्फ नलाग्ने आरोप लगाउनु भयो । साथै उहाँले जनताको धेरै वलीदान पश्चात ल्याएको ब्यवस्था लाई परिवर्तन गर्नु नहुने भन्दै यसको लागी लोकतान्त्रीक गठवन्धन लाई विजयी गराउन आग्रह समेत गर्नु भयो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award