मध्य नेपाल

कालिका एफ.एम प्रा.लि १६ औँ वर्षमा÷वाषिर्कोत्सव समापन समारोह तथा १३ औँ यामाहा सलुटो कालिका म्युजिक अर्वाड आज । कालिका एफ.एम प्रा.लि १६ औँ वर्षमा÷वाषिर्कोत्सव समापन समारोह तथा १३ औँ यामाहा सलुटो कालिका म्युजिक अर्वाड आज ।
समिक्षा पुरी ,कालिका ,असोज २६ ।
मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफ.एम प्रा.लि १५ औँ वर्ष पार गरी १६ औँ वर्षमा प्रवेश गरेको छ। २०५९ साल असोजको २६ गते स्थापना भएको कालिका एफ.एम प्रालि सुचना ,गीत÷संगीत अनी मनोरञ्जनको क्षेत्रमा सदैव अगाडी रहेको छ । स्थापनाकाल देखीनै एफ.एमले समाजमा प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुलाई मान्यता दिदैँ आएको छ । यस्तै टि.भी कालिका पनि आज तेस्रो वर्ष पार गरी चौथौँ वर्षमा प्रवेश गरेको छ। आफ्नो १५ औँ वार्षिकोत्सवका अवसरमा कालिका एफ एम तथा तेस्रो वार्षिकोत्सवका अवसरमा टिभी कालिका परिवार सम्पूर्ण श्रोता, दर्शक, विज्ञापनदाता, शुभचिन्तक तथा शुभेच्छुकहरुमा शुभकामना व्यक्त गर्दछ । 
यसैवीच मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफ.एम प्रा.लिको १५ औँ तथा टि.भी कालिकाको चौथौँ वाषिर्कोत्सवको अवसरमा आयोजीत सम्पूर्ण कार्यक्रमको समापन आज गरिदैँछ । गैडाकोटको नारायणी रिसोर्टमा हुने एक भव्य समारोहका बिच वाषिर्कोत्सवका सम्पूर्ण कार्यक्रमको समापन गर्न लागिएको हो ।
समापन समारोहमै विभिन्न २६ विधामा म्युजिक अवार्ड पनि वितरण गरिँदैछ । म्युजिक अवार्डको यो १३ औँ संस्करण हो । २६ विधामा २६ अवार्ड वितरण गर्दा कालिका मिडियाले एसएमएस मार्फत आएको मतलाई मुख्य आधार मानेको छ । २६ विधामा म्युजिक अवार्ड विरतण गर्न लागेको कालिका मिडीयाले लाईफ टाईम एचिभमेन्ट अर्वाडबाट राष्टकवि माधव प्रसाद घिमिरेलाई सम्मान गरिसकेको छ ।
नेपाली साहित्य र कलाको संरक्षण र सम्र्वद्धनमा अतुलनिय योगदान पु¥याको ठहर सहित राष्टकवि माधव प्रसाद घिमिरलाई असोजको २३ गते काठमाडौमै गएर एक कार्यक्रम गरी सम्मान गरीएको हो।
अवार्ड वितरण समारोहलाई भव्य बनाउनका लागि राष्ट्रिय कलाकारहरु हिजौ चितवन आईपुग्नुभएको छ । म्युजिक अवार्डले कलाकारहरुलाई प्रतिस्पर्धा तथा गुणस्तरीयतामा अघि बढ्न उत्प्रेरणा मिल्ने कालिका मिडियाले विश्वास लिएको छ । समापन समारोह तथा अवार्ड वितरण समारोहको कालिका एफ ९५.२ , ९१ मेघार्हज , टि.भी कालिका र हिमालयन टेलीभिजन बाट प्रत्यक्ष प्रसारण हुनेछ। कार्यक्रम बिहान १० बजे बाट सुरु हुनेछ ।
यसअघि वाषिकोत्सवको अवरसमा असोज १ देखि करिब एक महिना विभिन्न कार्यक्रम भएका थिए । देवघाटमा रहेका वृद्धवृद्धालाई सम्मान गरी वाषिकोत्सवका कार्यक्रमको सुरुवात गरेको कालिका मिडियाले आमा समूह हाजिरीजवाफ प्रतियोगिता, अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकार विषयक कविता प्रतियोगिता, सेवाबाट निवृत्त भएका व्यक्तिहरुको प्रतिभा प्रस्फुटन कार्यक्रम , पञ्चैबाजा तथा सारङ्गी बाजा प्रतियोगिता , संचारकर्मीहरु बीच पौडी प्रतियोगिता , लघुकथा वाचन कार्यक्रम  , अन्तर महिला भलिबल प्रतियोगिता, बाढी पिडित संगैको दशैं , बृहत् लोक दोहोरी तथा सांस्कृतिक कार्यक्रम कार्यक्रम सम्पन्न गरिसकेको छ । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award