मध्य नेपाल

जिसस चितवनको प्रमुख र उप प्रमुखमा एमाले बिजयी जिसस चितवनको प्रमुख र उप प्रमुखमा एमाले बिजयी
केदार शर्मा, कालिका, असोज २५
जिल्ला समन्वय समिती चितवनको प्रमुखमा नेकपा एमालेका कृष्ण कुमार डल्लाकोटी निर्वाचत भएका छन् । त्यस्तै उप प्रमुखमा पनि नेकपा एमाले कै मुना कुमारी श्रेष्ठ बिजयी भएकी छन् । बुधबार भएको जिससको निर्वाचनमा नेपाली काग्रेसका भरत अधिकारीलाई पराजित गर्दै डल्लाकोटी निर्वा्चित भएका हुन् ।
 
डल्लाकोटीले ११ मत ल्याएका थिए भने उनका प्रतिद्धन्धी अधिकारीले ३ मत ल्याएका हुन् । त्यसतै नेपाली काग्रेसकी टिका दाहाललाई पराजित गर्दै मुना कुमारी श्रेष्ठ बिजयी भएकी हुन् । उनले ११ मत प्राप्त गर्दा दाहालले ३ मत प्राप्त गरेकी छन् । हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा चितवनको ७ वटा तहको प्रमुख ,उप प्रमुख मध्ये ९ जना एमालेका तर्फबाट बिजयी भएका थिए भने नेपाली काग्र्रेसका ३ जना र माओवादी केन्द्रका २ जना बिजयी भएका थिए ।
 
माओवादी केन्द्रका २ जना मेयरले जिससको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गरेका थिए । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले एमालेका उम्मेदवारहरुलाई मतदान गरेका हुन् ।
 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award