मध्य नेपाल

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड
कालिका , असोज २३ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई यस वर्षको लाईफ टाईम एचिभमेन्ट अर्वाड २०७४ प्रदान गरिएको छ। कालिका एफएमको १५ औं वार्षिकउत्सवको अवर पारेर आज काठमाडौंको बागबजारमा आयोजीत कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।
 
वन तथा भुसंरक्षण मन्त्री तथा कालिका ग्रुपका संस्थापक अध्यक्ष विक्रम पाण्डेले सो अर्वाड राष्ट्रकवि घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो । सम्मान ग्रहण गर्दै राष्ट्रकवि घिमिरेले कालिका एफ.एमले गरेको कार्यको सरहाना गर्नुभएको थियो ।
 
साथै उहाँले एफ.एमले नेपाली गीत संगीतका क्षेत्रमा योगदान पु¥याएको भन्दै राष्ट्रकवि घिमिरेले प्रशंसा गर्नुभएको थियो । उहाँले समाजको तल्लो वर्गको उत्थान नभई मुलुकको समग्र उत्थान हुँदैन भन्ने सच्याईलाई आत्मासात गरेर साहित्य सृजना गर्नुपर्नेतर्फ पनि स्रष्टाहरुलाई सचेत गराउनु भयो ।
 
कार्यक्रममा कालिका ग्रुपका संस्थापक अध्यक्ष एवम् वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले संगीत र साहित्यका क्षेत्रका सर्जकहरुलाई एफ एमले सधैँ सम्मान गर्दै आएको बताउनु भयो । उहाँले सिर्जना क्षेत्रमा लाग्ने व्यक्तिहरु राष्ट्रका धरोहर भएको बताउनु भयो । 
 
 
कार्यक्रममा प्रेमध्वज प्रधान, यादव खरेल, कुमार बस्नेत, दिनेश अधिकारी, राजेन्द्र थापा, कृष्णहरि बराल, ज्ञानुवाकर पौडेल, डा. खगेन्द्रप्रसाद लुइँटेल, माया ठकुरी, उषा शेरचन, अमर न्यौपाने, राजु सिँह , रामकाजी कोने , राधेश्याम लेकाली लगातय नेपाली गीत संगीत तथा सहित्य क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
 
कार्यक्रममा सहभागी अतिथिहरुले कालिका एफ एमले गीत संगीत क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए । कालिका मिडियाकी निर्देशक रीना गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम वरिष्ठ कार्यक्रम सञ्चालक मनोज पन्तले सञ्चालन गर्नुभएको थियो । 

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लाईफ टाईम एचिभमेन्ट अर्वाड ।

 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award