मध्य नेपाल

कालिकाको बृहत लोक दोहोरी महोत्सबमा पशुपति शर्मा देखी जानकी तारमी सम्मको धमका कालिकाको बृहत लोक दोहोरी महोत्सबमा पशुपति शर्मा देखी जानकी तारमी सम्मको धमका
कालिका, असोज २२ ।
कालिका एफ एम प्रलीको १५ बाािर्षकोत्सब अनर्तगत आयोजना गरिएको बृहत लोकदोहोरी तथा सास्कृतीक महोत्सब सम्पन्न भएको छ । नेपाली कला सस्कृतिको संरक्षण र मनोरन्जन एकै साथ भन्ने उद्देश्यका साथ बृहत लोकदोहोरी तथा सास्कृतीक महोत्सबको आयोजना गरिएको हो । मध्य नेपालकै सर्बोत्कृष्ट रेडियो कालिका एफ एमले आँफ्नो १५औ बर्षिकोत्सब असोज १ गते सञ्चालन गरेको हो । Image may contain: 4 people, people standing नारयणगढको क्यामपाचौरमा सूरु भएको बृहत लोकदोहोरी तथा सास्कृतीक महोत्सबमा राष्ट्रिष्य स्तरका कलाकार पशुपति शर्मा, राधिका हमाल, मिलन लामा, श्रीस देबकोटा, जानकि तारमि मगर लगाएत अन्य स्थानीय कलाकारले प्रस्तुति प्रस्तुत गर्नु भएको थियो । 
कार्यक्रममा भरतपुर महानगरपालीकाका उपप्रमुख पार्वती शाहले  भरतपुर महानगरपालीकालाई राज्यले मात्र नभई  अन्तराष्ट्रिय स्तरमा पनि नजर लगाईरहेको बेला विकास निर्माणको कार्य गरेर ७८ औ जिल्लामा चिनाउने बताउनु भयो ।Image may contain: 3 people, crowd and outdoor
यसका लागि उहाले समाजमा आफ्नै घरपरिवार टोलबाट सुरु गर्नु पर्ने बताउनु भयो । कालिका एफएमले समाजका हरेक तह र तप्कालाई समावेश गरेर समाजसेवा मूलक कार्यहरु गर्दै आएकोमा प्रशंसा गर्दै उपमेयर शाहले यसलाई अझै निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा कालिका एफ एमकी स्टेसन म्यानेजर रिना गुरुङले लोक तथा दोहरीको जगेर्ना गर्नको लागी एफएमले स्थापना कालदेखी नै लोक तथा दोहरी कार्यक्रम गर्दै आइरहेको बताउनु भयो । साथै उहाले नेपाली गीत संगीत भनेकै लोक तथा दोहरी संगीत भएको बताउदै एफ एमको स्थापना विशुद्ध समाज सेवा र सन्चार प्रवाह गर्नका लागि भएको बताउनु भयो ।  कालिका एफएम अहिले सम्मको स्थानमा आईपुग्न नेपाल सरकारका  बन तथा भु–संरक्षण मन्त्री एवं कालिका मिडियाका अध्यक्ष विक्रम  पाण्डेको देन भएकाले धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
Image may contain: 5 people, people on stage and people standing
कार्यक्रममा एफ एमले सामुदायिक बिद्यालयबाट एसइइ परीक्षामा उत्कृष्ट हुन सफल दलित विधार्थी सविना विक, चेपाङ विधार्थी गणेशमान चेपाङ र दृष्टि बिहीन छात्र राजकुमार महतोलाई सम्मान सहित पुरस्कृत गरिएको थियो । कार्यक्रमा विशिष्ट अतिथि लोेक तथा दोहरी प्रतिष्ठान नेपालका संरक्षक तथा सस्थापक अध्यक्ष अमर बिरही गुरुङ, भरतपुर महानगरपालीकाका कार्यकारी प्रेमराज जोशी, आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सुरविर थापा, दि फेमस महेन्द्र दल गणका गणपति सुरेन्द्र सापकोटा, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम, नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने लगायतका उपस्थिति रहेको थियो ।Image may contain: 33 people, people smiling, crowd and outdoor
 

 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award