मध्य नेपाल

२१ बर्ष पछि बर्ड एजुकेशनले पायो महिला नेतृ २१ बर्ष पछि बर्ड एजुकेशनले पायो महिला नेतृ
कालिका, असोज २१ । बर्ड एजुकेशन सोसाईटी सौराहाको शनिवार सम्पन्न २१ औं बार्षिक साधारण सभाले सरस्वती सेढाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण परियार,सचिवमा विजय गिरी,कोषाध्यक्षमा पुरुषोतक पोखरेल र सदस्यहरुमा प्रेम बम्जम,बलिराम चौधरी,रामेश्वर चौधरी र नारायण रिजाल निर्विरोध चयन भएको सोसाईटीका निर्वतमान अध्यक्ष बासु विडारीले जानकारी दिए । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विपी चौधरी प्रमुख अतिथि रहेको सो कार्यक्रम सोसाईटीका निर्वतमान अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । सो अबसरमा नवनिर्वाचित अध्यक्ष सेढाईले आफु संस्थागत विकास र चरा संरक्षणमा ध्यान केन्द्रित गर्ने बताईन । चराको अनुगम र संरक्षणको कामलाई प्राथमिकता दिएर काम गर्ने भन्दै उनले चराको संरक्षणमा लामो समय सम्म क्रियाशिल अग्रजहरुको साथ लिएर काम गर्ने प्रतिवद्धता जनाईन ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award