मध्य नेपाल

‘प्रहरी हाम्रो टोलमा’ अभियान चितवनमा प्रभाबकारी बन्दै ‘प्रहरी हाम्रो टोलमा’ अभियान  चितवनमा प्रभाबकारी बन्दै
केदार शर्मा,कालिका
असोज २१ । जिल्ला प्रहरी कार्यलय चितवनले सुरु गरेको ‘प्रहरी हाम्रो टोलमा’ कार्यक्रमले अपराध न्युनीकरण गर्न सहयोग पुर्याएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ । शनिबार चितवनमा भएको बगाले क्षेत्री सामाजिक बिकाश प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक दिपक थपाल शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी प्रशासन भन्ने मुल नाराका साथ अभियान सुरु गरिएका बताउनु भयो ।
असोज ६ गते बाट गृहमन्त्री जनार्दन शर्माले जारी गर्नुभएको प्रशासन सुधार निर्दे्शिका अनुसार देशैभर यो अभियान सञ्चालन भए अनुरुप चितवनमा पनि सुरु भएको बताउनु भयो । ‘प्रहरी र नागरिक बिचको सम्बन्ध थप मजबुत बनाउने उद्वेश्यले सुरु गरिएको अभियानले समाजमा दिगो शान्ति स्थापनामा सहयोग पुग्ने मा आफु बिश्स्त भएको थापाले बताउनु भयो ।’  थापाले ‘ब्लक पोलेसिङ अर्थात् टोल टोलमा प्रहरी सेवा उपलब्ध गराउने सरकारको लक्ष्य रहेकाले लक्ष्यमा पुग्न नागरिक समाजका अगुवा, सरोकारवाला र नागरिकको भुमिकामा ५६ वटा बलक छुटाएर कार्यक्रम अगाडी बडाइएको छ।’
अभियान अन्तरगत स्थानीय टोल सुधार समिति गठन गर्ने,एक प्रहरी एक टोल अवधारणा अघि बढाउने, सिसिटिभि र साइरन जडित टोल सुधार समिति निर्माण गर्ने,समुदाय स्तरमा अन्तरक्रिया गर्ने, हिँसा र दुव्र्यवहार जन्य घटना न्यूनीकरणमा कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको  एसपि दिपक थापाले अबधारणा पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रम बगाले क्षेत्री सामाजिक बिकाश  प्रतिष्ठानका  अध्यक्ष टेक बहादुर थापाके अध्यक्षता र उपाध्यक्ष केशब जङ थापाको स्वागत मनतब्यमा समपन्न भएको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award