मध्य नेपाल

चितवन सहायता समाजको सहयोगमा भरतपुर २७ मा राहत वितरण चितवन सहायता समाजको सहयोगमा भरतपुर २७ मा राहत वितरण
भदौ २७,भरतपुर
भरतपुर महानगरपालिका वडा नं.२७ पुरानो पटिहानीका बाढिपिडित स्थानियलाई आज राहत वितरण गरिएको छ । चितवन सहायता कोष बेल्जियमले चितवन सहायता समाज मार्फत त्यहाका स्थानियलाई १ लाख १८ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको हो । आज एक औपचारिक कार्यक्रमका विच उनिहरुलाई राहत सामाग्री वितरण गरिएको हो । चौधरी समुदायको बाहुल्यता रहेको सो स्थानका २८ घरधुरीलाई उनिहरुको चाड जितिया पर्व मनाउन सजिलो होस् भन्ने उदेश्यका साथ सहयोग हस्तान्तरण गरिएको चितवन सहायता समाजका अध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिए । उनिहरुलार्ई चिउरा,दालमोठ,तेल लगायतका खाद्यान्न सामाग्रीका साथै दैनिक उपभोग्य बस्तुहरु साबुन,टुथपेष्ट,ब्रस र त्रिपाल समेत वितरण गरिएको थियो । च्युउरा १४ बोरा, १ घरलाई ३ केजीको दरले दाल,दालमोठ प्रत्येक घरलाई २ केजी, ६ कार्टुन तोरीको तेल र ४६ थान त्रिपाल वितरण गरिएको पौडेलले बताए । औपचारिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम नवनिर्वाचित वडाध्यक्ष गोविन्द तामाङले विदेशमा रहेर कमाएको पैसा आफ्ना दाजुभाइलाई विपद पर्दा सहयोगी हात स्वरुप पठाउनु सहनिय भएको बताए । उनले त्यहाका बासिन्दाहरु प्राकृतिक प्रकोप बाट मात्र नभई विभिन्न पक्षबाट पिडित रहेको बताए । बाघ,हात्ति गैडा जस्ता जंगली जनावरबाट समेत त्यहाका स्थानियहरु पिडित हुनुपरेको तामाङले बताए । आज भएके कार्यक्रममा चितवन सहायत समाजकी कोषाध्यक्ष विजया रेग्मीले स्वागत मन्तव्य राखेका थिए भने समाजकी सदस्य पार्वती पौडेल, नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्रि हरि प्रसाद पौडेल,समाजसेवी विष्णु प्रसाद ढकाल,वडा सदस्यहरु राज बहादुर भण्डारी,सन्त वहादुर महतो लगायतको उपस्थिती रहेको थियो । समाजकी सचिव सृजना अर्यालले संचालन गरेको सो कार्यक्रम समाजका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएके थियो ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kaya Kairan

Starts at: 06:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award