मध्य नेपाल

कालिका एफ एमको १५ औ वाषिकोत्सवको तालिका सार्वजानिक कालिका एफ एमको १५ औ वाषिकोत्सवको तालिका सार्वजानिक
 
राजु थापा, भदौ २३, कालिका 
विगत १५ वर्ष मोफसलमा रहि संचार क्षेत्रमा छुटै पहिचान बनाउन सफल कालिका एफएम प्रालिले आफनो वार्षिकोत्सवको अवसरमा सदावर्ष झै  यस वर्षपनि ऐतिहासिक कार्यक्रमलाई निरन्तरता र  केही नयाँ कार्यक्रम थप गर्दै असोज १ गते देखि मनाउने भएको छ । 
विभिन्न ११ वटा कार्यक्रमलाई समावेश गर्दै मनाउन लागिएको कार्यक्रममा राष्ट्रियस्तरमा चर्चा पाउन सफल भएको कालिका एफ एम म्युजिक अवार्ड, बृहत लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रम , बाढी पिडित संग दशै , अन्तर महिला भलिवल, पन्चै तथा सारङी बाजा प्रतियोगिता, सेवा निवृत्त भएकाको प्रतिभा प्रस्फुटन, अपाङता भएकाहरुको हक हभिकार विषयमा कविता प्रतियोगिता, आमा समुह हाजिरीजवाफ प्रतियोगिता हुनेछ । कार्यक्रमको शुरुवात देवधाटमा रहेका बृद्ध बृद्धा सम्मान र खाना खुवाएर शुरुवात गर्ने कार्यक्रम रहेको छ । 
यस वर्ष संचारकर्मी विच पौडी प्रतियोगिता र लधुकथा वाचन प्रतियोगितालाई नयाँ कार्यक्रमको रुपमा राखिएको  कालिका एफ एम की स्टेशन म्यानेजर रिना गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको थियो । 
वार्षिकोत्सवको अवसरमा विगत वर्ष जस्तै यस वर्षपनि चितवन जिल्लाका सामुदायिक विद्यालयबाट एसईई परिक्षा उत्कृष्ट अंक ल्याउने दलित, अपाङ र चेपाङ विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्नु का साथै वढी फोन गर्ने स्रोता र वृद्ध स्रोता १ एक जनालाई सम्मान गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । 
असोज १ गते देवधाटमा रहेका वृद्धवृद्धालाई सम्मान गरेर शुरु हुने कार्यक्रम असोज २ गते आमा समुह हाजिरजवाफ, ३ गते अपाङ ब्यीक्तहहरु विच कविता प्रतियोगिता, ४ गते सेवा निवृतहरुको प्रतिभा प्रस्फुटन, ५ गते पन्चैवाजा तथा सारङी बाजा प्रतियोगिता, ६ गते अन्तर संचारकर्मी पौडी प्रतियोगिता,७ गते लधुकथा वाचन प्रतियोगिता, ९ देखि ११ गते सम्म वाढी पिडित संग दशै , २१ गते वृहत लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रम र २६ गते कालिका एफ एम म्युजिक अवार्ड सहित समापन हुने कार्यक्रम तालिका समेत पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको थियो । यस्तै पत्रकार सम्मेलनकै अवसरमा चितवनबाट पत्रकार महासंधको केन्द्रिय सदस्यमा निर्वाचित सिर्जना अर्याल र कृष्ण गिरीलाई समेत सम्मान ब्यक्त गरिएको थियो । पत्रकार महासंधका अध्यक्ष राधेश्याम खतिवडा सहित विभिन्न पत्रकार संगठनका चितवनका प्रमुखहरु सहित विभिन्न संचार संस्थाका  प्रतिनिधिहरुकोृ सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा कालिका एफएमका विभाग प्रमुखहरुको सहभागिता रहेको थियो भने कार्यक्रमलाई अनिल भटट्राईले सहजीकरण गर्नु भएको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award