मध्य नेपाल

सुइरो कार्यक्म नारायणगढको स्वागत सम्मान तथा बधाई कार्यक्रम सुइरो कार्यक्म नारायणगढको स्वागत सम्मान तथा बधाई कार्यक्रम
कालिका भाद्र १९ सविता दराई 
सात वटा सस्थाको  सञ्जाल सुइरो कार्यक्रम  नारायणढले सोमबार नवनिर्वाचीत वडा अध्यक्ष तथा सदस्यहरुलाई स्वागत सम्मान तथा बधाई दिएको छ । सुइरो कार्यक्म नारायणगढले वडा नं १, २ र ३ का वडा अध्यक्ष र सदस्यलाई स्वागत सम्मान तथा बधाई दिएको हो । सुइरो कार्यक्रम नारायणगढका अध्यक्ष मन कुमारी सेनले प्रमुख अतिथिहरु वडा नं १ का जयराम श्रेष्ठ, वडा २ का पुर्ण बहादुर श्रेष्ठ, वडा नं ३ का चन्द्र मित्र पण्डीतलाई सुइरोको मुठा दिएर कार्यक्रमको  उद्धघाटन गर्नु भएको थियो । प्लास्टीक ब्यबसायी संघ चितवनका अध्यक्ष डील्लीराम  सापकोटाले स्वागत मन्तब्य ब्यक्त गरी सुरु भएको कार्यक्रममा रोटर्याक्ट क्लब अफ नारायणगढका अध्यक्ष नारायण प्रधानले कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा  प्रमुख अतिथि तिनै वडाका अध्यक्षहरुले वातावरण सरसफाईमा सुइरो कार्यक्रम अत्यन्तै  प्रभावकारी सहानिय भएको बताउनु भयो । उहाहरुले आफनो वडा बासीलाई पनि सरसफाई कार्यक्रमा सुइरो कार्यक्म लागु गर्न आग्रह गर्ने बताउनु भयो साथै  सुइरो कार्यक्रम संग समनब्य गरेर जाने पनि बताउनु भएको छ । सुइरो कार्यक्रम नारायणगढमा नारी अभ्युदय केन्द्र नारायणगढ, राइनो क्लब नारायणगढ, रोटर्याक्ट क्लब चितवन, रोटर्याक्ट क्लब अफ नारायणगढ फेन्सी ब्यबसायी  संघ आबद्ध रहेका छन् । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Kahyal Thatta

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award