मध्य नेपाल

जेसीज कप–२०७४ मा सुदुरपश्चिम सेमीफाइनलमा प्रवेश जेसीज कप–२०७४ मा सुदुरपश्चिम सेमीफाइनलमा प्रवेश
 कालिका भाद्र १७
राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसीज कप–२०७४’ को शनिबार भएको पहिलो खेलमा सुदुर पश्चिम ११ विजयी भएको छ । प्रतिस्पर्धी टिम चितवन ११ लाई शुन्यका विरुद्ध ४ गोलले पराजित गर्दै सुदुरपश्चिम सेमीफाइनलमा प्रवेश गरेको छ ।पहिलो हाफमा दुइ गोल गरेको सुदुरपश्चिमले दोस्रो हाफमा थप २ गोल गरेको थियो । घरेलु मैदान क्याम्पाचौरमा चितवनको टिमले मध्यम प्रदर्शन गरेको थियो । केही अवसरहरु चितवनले गुमाएको थियो ।सुदरपश्चिमका लागि खेलको नौ मिनेटमा कप्तान प्रनय अन्जनले र पहिलो हाफको इन्जुरी टाइममा अब्दुलले गोल गरेका थिए । त्यस्तै खेलको ६७ मिनेटमा पुन अब्दुलले गोल गरे । त्यस्तै अन्तिम गोल खेलेको ७१ औं मिनेटमा राम सिंह रानाले गोल गरेपछि सुदुर पश्चिम सजिलै विजयी भएको हो । खेलको म्यान अफ दि म्याच दुइ गोल गर्न सफल अब्दुल भए । उनले नगद ५ हजार प्राप्त गरे ।आइतबारको खेल विजय युथ हेटौंडा र फ्राइण्डस क्लव काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा कूल १० वटा टिम सहभागी छन् । तिनलाई दुई समूहमा विभाजन गरिएका छन् । समूह ‘क’ मा चितवन–११, सुदूरपश्चिम–११, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र पोखरा–११ रहेका छन् भने समूह ‘ख’ मा फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, झापा–११, विजय युथ क्लब हेटौंडा र मनाङ मस्र्याङ्दी छन् ।शनिबार भएको उद्घाटन खेलको प्रमुख अतिथि चितवन क्षेत्र नम्बर ३ का साँसद कृष्णभक्त पोखरेल रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले फुटवलको विकासको देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने बताए । कार्यक्रममा जिल्लाका पार्टी प्रतिनिधिहरु, व्यवसायीहरु, सुरक्षा अंगका प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदामको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award