मध्य नेपाल

स्वामी रमणानन्द गिरी अभिनन्दित
राजु थापा, भदौ १५, कालिका
महेश संन्यास आश्रम तथा गुरुकुलमका पिठाधिश १ हजार ८ स्वामी रामणानन्द गिरीलाई भरतपुर १० मा रहेको श्री नवदुर्गा मन्दिर परिवारले सम्मान ब्यक्त गरेको छ ।   महेश आश्रमका संस्थापक रामानन्द गिरीको स्वर्गारोहण पछि उहाँका उतराधिकारीको रुपमा रहनु भएका स्वामी रमणनन्द गिरीले आश्रम सम्हाले पछि उहाँलाई सम्मान गरिएको हो । स्वामी रमणानन्दलाई मन्दिरका प्रधान संरक्षक १ हजार ८ स्वामी मधुसुदनानन्द गिरीले सम्मान गर्नू भएको हो । कार्यक्रममा महेश आश्रमको बारेमा फणिन्द पौडेलले र स्वामी रमणानन्दको बारेमा रामप्रसाद सुवेदीले जानकारी दिनु भएको थियो । अभिनन्दन कार्यक्रममा कविहरु सचिदानन्द पौडेल, अनिश सापकोटा र प्रभाकर धिमिरेले कविता वाचन गर्नू भएको थियो । कार्यक्रममा मन्दिरका अध्यक्ष मधुसुदन बर्ताैलाको सभापतित्व रहेको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award