मध्य नेपाल

पश्चिम चितवनमा राप्ती नदिको पानी गाउ पस्न सुरु, उच्च सतर्कता
चितवन साउन २९ 
लगाताकारको बर्षाको कारण पश्चिम चितवनको राप्ती नदिको पानी गाउ पस्न थालेको छ । राप्ती नदिको बहाब निकै बढेकाले पश्चिम चितवनको भरतपुर १३  आसपासका सितामाई,पटेहानी जगतपुर लगायतका गाउमा पानी पस्न थालेकाले डुवान पर्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 
पानीको बहाब बढेको कारण नदिको ड्याम फुट्न सक्ने र पुरै गाउ डुबानमा पर्न सक्ने भएकाले आसपासका बासीन्दालाई सुरक्षीत स्थानमा जान जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस्तै गएराति सौराहामा बाढीले बगाएको दुई वटा कार जिल्ला प्रहरीले उद्धार गरेको छ। सौराको बछ्यौली स्थीत खेतमा बगाएको कार आर्मी स्थानिय बासी र जिल्ला प्रहरीको टोलीले  हाति प्रयोग गरी कार लाई उद्धार गरी सुरक्षीत स्थानमा राखीएको जिल्ला प्रहरी प्रमुख दिपक थापाले जानकारी दिनु भएको छ । यस्तै प्रहरी प्रमुख दिपक थापाका अनुसार पुर्वी चितवनको लदरी, पम्पाखोला, कयर खोलामा पनि पानीको बहाब बढेर हाइबे नै जलमग्न बनाएको बताउनु भएको छ । यस्तै माडीमा बाढी आए पनि त्यहा शनिबार जिल्ला प्रकोप ब्यबस्थापन र जिल्ला सुरक्षा समितिको अनुगन पश्चात बाढी आउने आसपासका बासीन्दालाई सुरक्षीत स्थानमा सार्ने काम भएकाले त्यति डराउन नपर्ने जनाएको छ । यस्तै नारायणी नदिको बहाब पनि खतराको संकेत बाट बाहिर रहेको जानकारी दिनु भएको छ । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award