मध्य नेपाल

बाढीपहिरोले जनजीवन प्रभावित÷नारायणगढ मुग्लीन सडकखण्ड अवरुद्ध ।
 उर्गेन तामाङ, कालिका, साउन २८ । 
 
निरन्तरको वर्षाका कारण वाढि र पहिरोका कारण चितवन लगायत देशैभरको जनजिवन प्रभावित भएको छ । चितवनका विभिन्न सडकखण्ड अवरुद्ध रहेको छ भने नारायाण्ी, राप्ती लगायत विभिन्न साना ठुला नदिमा पानीको सतह बढ्दा स्थानीयमा त्रास बढ्दो छ । बाढीका कारण माडीका कयौ ग्रामिण सडक अवरुद्ध बनेको छ । वर्षापछिको बाढी पहिरोको खतरा उच्च रहेपनि अहिलेसम्म जिल्लामा ठुलो धन जनको क्षति नभएको जनाईएको । 
 
रत्ननगर ३ शान्तीचोक आसपास कयर खोला र लदरी खोलामा पानीको सतह बढेर हाईवे तथा गाउ पसेपछि ३५÷४० घरमा पानी पसेको छ । नदिको आसपासमा रहेका तल्लो क्षेत्रका वासीन्दामा जिल्ला प्रसासन कार्यालय चितवनले सचेत रहन आग्रह गरेको छ । यस्तै चितवनका प्रहरी प्रमुख एस्पी दीपक थापाले जिल्लामा संभावीत खतरालाई मध्यनजर गर्दै उद्धार, राहात तथा सुरक्षा संयन्त्र चुस्त अवस्थामा रहेको कालिका एफएमलाई जानकारी दिनुभयो । 
 
मुग्लीन नारायणगण सडक खण्ड पुर्ण रुपमा अवरुद्ध 
 
अविरल वर्षाले मुग्लीन नारायणगण सडक खण्ड पुर्ण रुपमा अवरुद्ध बनेको छ । सडकखण्डको विभिन्न स्थानमा ८÷१० स्थानमा साना ठुला पहिरो खसेपछि शनिवार दिउँसो २ वजे बाट सो सडक पुर्ण रुपमा बन्द भएको हो । निरन्तरको वर्षाले वाटो खुलाउन समस्या परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 
जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तका अनुसार वर्षा रोकिए आजै रातिनै भए पनि वाटो खुलाउन लाग्ने वर्षा नरोकिए भोली विहानबाट मात्रै काम सुरु हुने छ । आज राति बाटो सञ्चालनमा आउने संम्भावना निक्कै कम छ । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Kalika Highlights

Started at: 22:00 HRS

Up Next

Heart To Heart

Starts at: 22:10 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award