मध्य नेपाल

माडीका बाढीपीडितको उद्धारमा खटिन कार्यकर्तालाई साँसद विक्रम पाण्डेको निर्देशन माडीका बाढीपीडितको उद्धारमा खटिन कार्यकर्तालाई साँसद विक्रम पाण्डेको निर्देशन
चितवन, साउन २८–
पूर्व मन्त्री तथा चितवन क्षेत्र नम्वर ५ का साँसद विक्रम पाण्डेले माडीका बाढीपीडितको उद्धारमा खटिन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।साँसद पाण्डेले पार्टीका सबै तह र इकाइका नेता कार्यकर्तालाई उद्धारमा खटिन निर्देशन दिइसकेको बताउनु भयो ।
“माडीमा वाढीले विकराल अवस्था सृजना गरेको छ, यसबाट म निकै दुःखी छु” उहाँले भन्नुभयो “म माडी पुग्न हेलिकप्टर तयारी अवस्थामा राखेको छु तर मौसमले साथ दिएको छैन् ।” नेता पाण्डेले नारायणगढ–मुग्लिन सडक खण्डको अवस्थाका कारण पनि सडक संजाल प्रयोग गरेर चितवन आउन सक्ने अवस्था नरहेको बताउनु भयो ।
साँसद पाण्डेले गएरातीदेखीनै सबै सरोकारवाला निकायसंग आफु निरन्तर सम्पर्कमा रहेको र उद्धारका लागि कुनै स्रोत साधनको कमी महसुस नगर्न निर्देशन दिएको बताउनु भयो । जनताको उद्धारका लागी जस्तोसुकै स्रोत साधन जुटाउन आफु तयार रहेको नेता पाण्डेले बताउनुभयो ।

Post Comment

More मध्य नेपाल

Special Programs

Kalika Events

  • 12th Music Award