मध्य नेपाल

योगी नरहरी आश्रमको साधारणसभा
कालिका, साउन २८
श्री वागिश्वरी आध्यात्मिक परिषद् योगि नरहरिनाथ आश्रम वागिश्वरी पञ्चायन मन्दिर कोटिहोम स्थल देवघाटमा आज ५ औँ केन्द्रिय महाधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । साधारण सेवाको अवसर पारेर आजै भरतपुर महानगरपालिकाका नवनिर्वा्चित मेयर रेणु दाहाल र उपमेयर पार्व्ति शाहलाई सम्मान गरिएको थियो । कार्यक्रमको बिशिष्ट अतिथि रहनु भएको शाहले सो कार्यक्रममा बोल्दै अब भाषण गरेर मात्र केहि हुने वाला छैन काम गरेर देखाउने समय आएको छ , हाम्रो लागि भरतपुर महानगरपालिकालाई एक नमुनाका रुपमा देखाउन सबैको सल्लाह सुझाब र साथ सहयोगको आवश्यक रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि मेयर दाहालले भन्नु भयो म तपाइहरुको सहयोगले मेयरमा निर्वा्चित भए अबका दिनमा सबैको साथ सहयोगमा भोलिको परिकल्पना गरेको महानगरपालिका हामिले पाउने छौँ । जनताको अपेक्षा र एउटा विश्वास जो छ त्यसलाई भोलिका दिनमा गर्न त्यो समय सान्द्रभिक पनि हुदैँन । इमान्दारितामा कहि कमि रहने छैन । खास गरेर देवघाट विकास समितिको गुरु योजना अगाडि बढीरहेको छ । त्यो कार्यक्रमका लागि भोलिका दिनमा भरतपुर महानगरपालिकाको तर्फबाट खेल्नु पर्ने दायित्व भुमिका र जिम्मेवारीमा कुनै कमी आउने छैन भन्नु भयो । शान्त प्रसाद पोखरेल सभापति रहनु भएको कार्यक्रममा श्रीसनाथ योगी ने का कार्यबाहक अध्यक्ष भूपतिदास सापकोटा, क्षेत्र बिकास समितिका अध्यक्ष टंकनाथ पौडेल, पूर्व अध्यक्ष खिमलाल भण्डारी, सैलेन्द्र पिया, प्राकृतिक चिकित्सक डा हरिप्रसाद पोखरेल,महेश सन्यास आश्रमका प्राचार्य डा गुरु प्रसाद सुवेदि, कालिका विधापिठका प्राचार्य रामचन्द्र कंडेल,भरतपुर महानगरपालिकाका ईन्जिनियर भरत आचार्य, धार्मिक अभियन्ता उमासंकर अग्रवाल, डा कृष्णहरी देवकोटा लगायतले बोल्नु भएको थियो ।
 

Post Comment

More मध्य नेपाल

Special Programs

Kalika Events

  • 12th Music Award