मध्य नेपाल

अपाङ परिचय वितरण चुनौतीपुर्ण अपाङ परिचय वितरण चुनौतीपुर्ण
राजु थापा, साउन १, कालिका
 
अपाङता भएका ब्यक्तिहरुको हतियारको रुपमा रहेको परिचय पत्र बनाउदाँ निष्पक्षता गर्न  सरोकारवाला पक्षलाई फलामको च्युरा चपाए सरह भएको आईतवार चितवनमा भएको एक कार्यक्रम निष्र्कष निस्केको छ । सात प्रकारका अपाङ मध्य मानसिक र बहु अपाङलाई कुन खालको अपाङ हो भन्ने मापन गर्ने कुनै साधन नहुदाँ परिचय पत्र वितरण गर्दा वास्तविक अपाङ छुट्ने र सामान्य अपाङले पुर्ण अपाङले पाउने कार्ड समेत लैजाने गरेको तथ्य बाहिर आएको हो । 
चितवन नेत्रहिन संधको सभाहलमा भएको अन्र्तक्रियामा संधका अध्यक्ष भरतमणी भट्टले अहिलेको जिल्ला स्तरमा केही बुझेका कार्यालयबाट अपाङको सवालमा कार्य गर्दा समेत गल्ती भईरहेको अवस्थामा स्थानिय स्तरमा प्रविधिक डाक्टरहरुको उपलब्धता नहुदाँ र अनुभवि पदाधिकारी र कर्मचारी नहुदाँ परिचय पत्र वितरण लगायतको विषयमा अझै गल्ती हुने सम्भावना रहेको चिन्ता ब्यक्त गर्नु भएको थियो । साथै उहाँले अपाङता अधिकार प्रर्वंद्धनमा सरोकारवालाहरुको भुमिका विषयमा कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो ।
कार्यपत्रमा अपाङताको परिचय, वर्गिकरण, गम्भीरताको आधार,समस्या र समाधनका उपाय  र हाल सम्म भएका उपलब्धीबारे प्रस्तुती रहेको थियो । महिला तथा बालबालिका कार्यालयको आर्थिक सहयोगमा संचालन भएको कार्यक्रममा कार्यालयकी प्रमुख महिला विकास अधिकारी शान्ता कुमारी पौडेलले कार्यपत्रले गम्भीर कुराहरु उठाएको भन्दै आगामी दिनमा अहिले भएका गल्ती नदोहोराउन सवैलाई सचेत हुन आग्रह गर्नु भएको थियो । साथै उहाँले परिचय लिदाँ समन्वय कर्ताहरुले समेत आफनो मान्छेलाई रातो वा निलो काडै दिलाउन प्रयास नर्गने र गलत ब्यीक्तको बारेमा उजुरी गर्ने बानीको विकास गर्न आग्रह गर्नु भएको थियो । 
अन्तर््ाक्रियामा बौद्धिक अपाङ अभिभावक संधका अध्यक्ष टेक बहादुर थापाले भत्ता भन्दा पनि दिगो असर पार्ने र आम्दानी हुने कार्य र पुर्ण अशक्त्तलाई आश्रमको ब्यवस्था गर्नु पर्ने बताउनु भएको थियो । कार्यक्रममा जिल्लाका सवै तहमा रहेका अपाङता भएका ब्यीक्तका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
 

Post Comment

More मध्य नेपाल

Special Programs

Kalika Events

  • 12th Music Award