मध्य नेपाल

देवधाटमा बोल ओम मेला शुरु देवधाटमा बोल ओम मेला शुरु
राजु थापा, साउन १, कालिका
 
चितवनको देवधाटमा साउन १ गते देखि १ महिने बोलओम मेला  शूरु भएको छ । देवधाट संरक्षण प्रतिष्ठान चितवनले यस अधिको २ वर्ष जस्तै  तेस्रो मेलाको रुपमा बोल ओम मेलाको शुरुवात गरेको हो । 
 
आईतवार १ हजार ८ स्वामी ज्ञानानन्द सरस्वतीले द्धादशा ज्योतिलिङ पुजन  गरे संगै मेलाको शूरुवात भएको हो । ३० फिट अग्लो अष्ट्र धातुको  शिवको मुर्ति निमार्ण लक्ष्य लिएको प्रतिष्ठानले यस अधिको बोल ओम मेला देखि नै विभिन्न धार्मिक कार्यक्रम गर्दै अष्ट्र धातु संकलन गरिरहेकोमा यस पटकको बोल ओम मेलामा समेत धातु संकलन गर्ने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र पियाले जानकारी दिनु भयो । 
 
प्रतिष्ठान सहित अन्य ५ वटा स्थानिय संस्थाहरु सहआयोजक रहेको मेलामा चितवन क्षेत्र नम्वर ३ का सांसद कृष्णभक्त पोख्रेलको विशिष्ठ आतिथ्थतता रहेको थियो । मेलालाई सम्बोधन गर्दै सांसद पोख्रेलले हाम्रो देशको अमुल्य सम्पतीको रुपमा रहेको पुर्विय दर्शन माथि प्रहार भईरहेकोमा यसलाई बचाउन कुनै जातजाति नभनि सवै लाग्नु पर्ने बताउनु भएको थियो । उहाँका अनुसार पुर्विय दर्शन पछि नै अन्य दर्शनहरु उत्पति भएकोले यसको संरक्षण अवश्यक रहेको बताउनु भएको थियो । मेला उद्धधाटन समारोहमा सशस्त्र प्रशरी वलका प्रहरी उपरिक्षक श्याम कोईराला, भरतपुर मेयरका उमेरद्धार देवि ज्ञवाली, वडा नम्वर २ का अध्यक्ष पुर्ण बहादुर श्रेष्ठ, वडा नम्बर १० का अध्यक्ष अरुण पिडित भण्डारी, देवधाट गाँउपालिकका अध्यक्ष दुर्गा बहादुर थापा लगायतको उपस्थिति रहेको थियो । अम्बिका अधिकारीको संयोजकत्व रहेको मेलाको उद्धधाटन कार्यक्रममा राजेन्द्र पियाको सभापतित्व रहेको थियो ।  

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Parda

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award