मध्य नेपाल

गुल्मीको पैचो पसल अब अब चितवनमा । गुल्मीको पैचो पसल अब  अब चितवनमा ।
कालिका असार ५ सविता दराई ।
गुल्मीको पैचो पसल अब चितवनका आई पुगेको छ । बसे पनि शहर गाउकै खाने रहर भन्ने मुल उदेश्यका साथ सन्चालन भएको  गुल्मीको पैचो पसलले सोमबार बाट  नारायणगढमा  पनि पसल विस्तार गरेको हो । लामो समय देखी  शहरमा  बसोबास गर्दै आए पनि गाउँ बस्तीको परिकारलाई भुल्न नसकेका उपभोत्तालाई गाउँघरको उत्पादन त्यसमा पनि पहाडी  र उच्च  पहाडी क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनहरुको बजारीकीकरण गर्ने उदेश्यकाका साथ  पैचो पसल  स्थापना भएको सोमबार पत्रकार सम्मेन गरी पैचो पसलका सन्चालक केशबराज न्यौपानेले जानकारी दिनु भएको छ । बजारमा गुणस्तरहिन र अखाध बस्तुको बाहुल्यता भइरहेको बेला पैचो पसलले पहाडका किसानले उत्पादन गर्दै आएका अर्गानीक कृषि उपजलाई प्राथमिकताका साथ बजार ब्यबस्थापन गर्ने गुणस्तरीय उपभोतालाई गुणस्तरीय  खाध वस्तु  उपलब्ध गराइरहेको पैचो पसलका प्रबन्ध निर्देशक ध्रुबराज न्यौपानेले जानकारी दिनु भएको  छ । पैचो पसलले अहिले आठ प्रकारको उत्पादन पैचो अचार, पैचो टोमेटे केचअप, पैचो  भेनेगार , पैचो  सोया, पैचो जाम, विभिन्न प्रकारका जुसहरु फापर र कोदाको पिठो,  सिन्की अचार बजारमा ल्याएको छ । विगत डेढ बर्ष पहिले देखी बुटवल बाट सुरु गरेको पसल गुल्मी, पाल्पा, जुम्ला रुकुम कालीकोट रोल्पा र अर्घाखाचीमा संकलन केन्द्र मार्फत विक्रि वितरण गर्दै आएको छ । आर्थिक बर्षमा नारायणगढ पछि पश्चि नेपालमा विस्तार गरीने योजना रहेको आयोजकले जनाएको छ । भरतपुर महानगरपालिका ३, लिला चोक स्थित नेपाल मार्केटीङ्ग एण्ड टे«डिगं हाउसले पैचो पसलको उत्पादनहरु चितवनमा बिक्रीबितरण गर्ने भएको छ ।   कार्यक्रमका प्रमुख अतिथि रहेका चितवन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले नेपालीले नेपाली वस्तु प्रयोग गर्नुपर्नेमा जोड दिए । नेपालीहरुले नेपाली उत्पादन प्रयोग नगरेर उहीँ गुणस्तरको विदेशी उत्पादनहरु प्रयोग गर्नेगरेको प्रती गौतमले असन्तुष्टि व्यक्त गरे । उनले नेपालमै लगानी गरेर नेपालकै उत्पादनलाई बजारीकरण गर्ने उद्यमिहरुलाई सबैले साथ दिनुपर्ने बताए । पैचो पसल प्राली का प्रबन्ध निर्देशक ध्रुव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख चेतनाथ अधिकारी ,नेपाल पत्रकार महासंघ चितवन शाखाका सल्लाहकार सुर्यप्रकाश कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए  ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award