मध्य नेपाल

मातृभुमि अभियानमा सहभागि हुन आब्हान मातृभुमि अभियानमा सहभागि हुन आब्हान
राजु थापा, असार ४, कालिका
 
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रमुख डिआईजी रणबहादुर चन्दले मातृभुमिलाई आफनो मानव जिवनमा केही गर्नु पर्दछ भन्ने उद्धेश्यले मातृभुमि संरक्षण अभियान संचालन गर्नु भएको छ । 
 
मानव जिवनलाई योगदान दिने परमात्मा शक्ती अर्थात भगवान, प्रकृति, गुरु, आमाबुबा र भुमिलाई केही न केही आफनो क्षेत्रवाट गर्न सकिन्छ भन्ने उद्धेश्यले शुरु भएको अभियानले चितवन जिल्लावाटै यस अभियानको कार्य शुरुवात गरेको छ । 
 
डिआईजी चन्द नै प्रमुख संरक्षण रहनुभएको अभियानले चितवनको भरतपुर १२मा १ सय ८ वटा धार्मिक वृक्षकोरुपमा रहेको रुद्राक्ष लगाएर अभियानको शुरुवात गरेको छ । यस्तै अव छिटै देशको पाथिभरा देखि दार्चुला सम्मका १ सय ८ वटा मन्दिरलाई आफनो वेवसाईड प्रचार प्रसार गर्नै र ति मन्दिरहरुको बारेमा संसारको जुनसुकै कुनाबाट पनि सम्पुर्ण जानकारी प्राप्त गर्न सकिने उद्धेश्य लिएको छ । यस्तै अभियानले आगामी दिनमा कम्तीमा ७५ जिल्लाका २ विद्यार्थीलाई शिक्षा दिने उद्धेश्य लिएको छ । यसरी भगवान, प्रकृति र शिक्षा अर्थात गुरुको बारेमा योजना बनाए पनि आमावुवा र भुमिलाई कसरी गुन तिर्ने भन्ने विषयमा योेजना नवनि सकेको आईतवार चितवनका पत्रकारहरुको छलफलमा जानकारी दिनु भएको थियो । 
 
यस्तै डिआईजी चन्दले आन्तरिक पर्यटनको विकासको लागि आन्तरिक र स्थानिय बासिन्दाहरु पनि धुमफिरमा जानु पर्दछ भन्ने उद्धेश्यले चितवनका स्थानिय बासिन्दाहरुलाई नवलपरासी र चितवनका धार्मिक र पर्यटकिय स्थलको भम्रण गराउने पहल भई रहेको जानकारी दिनु भएको थियो । जिल्लाका ब्यापारी , समाजसेवी, सहित सवैको सहयोग लिई जस्ले जे सक्छ सोही सहयोग गरि यस अभियानमा सहभागि हुन उहाँले सवैलाई आब्हान समेत गर्नु भएको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Kun Geet Sunau

Started at: 19:20 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award