मध्य नेपाल

मानव सेवामा मिष्टर नेपालका टाईटल विजेताहरु
राजु थापा, असार ४, कालिका
 
मिष्टर नेपाल २०१७ का प्रतिस्पर्धीहरु धु्रव बुढाथोकी, आशिष तामा्रकार र श्री राम चन्दले चितवनको मानवसेवा आश्रम बाईपास रोडलाई १ छाँक खानाको लागि आर्थिक सहयोग गरेका छन् । नाम र दाम मात्र भएर ममानव जिवनलाई उच्च बनाउन नसकिने भन्दै  समाजमा आश्रित मानवहरुलाई पनि आफुले केही गर्नु पर्दछ भन्ने उद्धेश्यले मिष्टर नेपालका फष्ट रनर अप, सेकण्ड रनर अप र थर्ड रनर अप तिनै जनाले मानव सेवा आश्रम बाईपास रोड भरतपुर १० लाई सहयोग हस्तान्तरण गरेका हुन । 
 
आश्रमकी ब्यवस्थापक रुपा केसीलाई संयुक्तरुपमा आशिष ताम्राकार  र धु्रव बुढाथोकीले रकम हस्तान्तरण गर्नु भएको थियो । नेपालको ८ जिल्लामा विस्तार भएको मानव आश्रम बाईपास रोडमा अहिले ५२ जना सडक रहेको र विभिन्न समस्यामा रहेका बृद्धबृद्धा र वालबालिकाहरु आश्रित रहेका छन् ।  

Post Comment

More मध्य नेपाल

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award