मध्य नेपाल

बारको १३ औँ राष्ट्रिय सम्मेलन चितवनमा
चैत्र ६ । 
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको १३ औँ राष्ट्रिय सम्मेलन चितवनमा आज दोस्रो दिन पनि जारी रहेको छ । टाँडीमा आयोजित सम्मेलनको राष्ट्रपति डा।रामवरण यादबले उद्घाटन गर्नुभएको हो । भोली सम्म चल्ने सम्मेलनमा पछिल्लो ३ बर्षमा बारले गरेका काम कार्वाहीको समीक्षा हुनेछ । 
 
सम्मेलनमा न्यायपालिका, सुशासन, संबिधानका अन्तर्वस्तु संबन्धि ९ बिषयमा ९२ कार्यपत्र प्रस्तुत हुने र त्यसमा ५ समूहमा बिभाजन गरी कानुन व्यवसायीहरुले छलफल गर्ने महासचिब सुनिल कुमार पोख्रेलले बताउनुभयो । सम्मेलनका क्रममा छलफलको बिषय बनाईएको प्रस्तावित देवानी संहिता र प्रस्तावित अपराध संहिता र फोजदारी कानुनलाई बिशेष महत्व दिईएको बारले जनाएको छ । 
 
बारले नयाँ संबिधान निर्माणका लागी ठोष अवधारणा समेत प्रस्तुत गर्ने छ । ३ हजार भन्दा बढि कानुनव्यवसायीहरुबीचको छलफल पश्चात आगामी चैत्र ७ गते शनिवार चितवन घोषणा पत्र समेत जारीनेछ । सम्मेलनको समापन कानुन, न्याय, संबिधानसभा तथा संसदीय मामिला मन्त्री नरहरी आचार्यले गर्नुहुनेछ। 
 
कार्यक्रमा कायम मुकायम प्रधानन्यायधिस कल्याण श्रेष्ठ, र महान्यायधिवक्ता बाबुराम कुँवर चितवनबाट प्रतीनिधीत्व गर्ने सभाषदहरु बिक्रम पाण्डे, कृष्णभक्त पाखरेल, शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे लगायत को उपस्थिती रहेको थियो ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award