मध्य नेपाल

बारको १३ औँ राष्ट्रिय सम्मेलन चितवनमा÷प्रमुख दलका शिर्ष नेतालाई एउटै मञ्चमा उभ्याउने तयारी ।।।
 
४ चैत्र,चितवन,(राजु सापकोटा)–
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको १३ औँ राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । सम्मेलनको राष्ट्रपति डा.रामवरण यादबले भोली एक समारोहका बिच पूर्बी चितवनको टाँडीमा उद्घाटन गर्नुहुने आज आयोजीत पत्रकार सम्मेलनमा बारका महासचिब सुनिल कुमार पोख्रेलले जानकारी गराउनुभयो । पोख्रेलका अनुसार भोली शुरु भई शनिवार सम्पन्न हुने सम्मेलनमा पछिल्लो ३ बर्षमा बारले गरेका काम कार्वाहीको समीक्षा हुनेछ । बारले यसपटक सम्मेलनको नारा “संघीय लोकतान्त्रिक गणतन्त्रको निरन्तरता, स्वतन्त्र न्यायपालिका र आर्थिक विककासका लागि पेशागत दक्षता” तय गरेको छ । सम्मेलनमा न्यायपालिका, सुशासन, संबिधानका अन्तर्वस्तु संबन्धि ९ बिषयमा ९२ कार्यपत्र प्रस्तुत हुने र त्यसमा ५ समूहमा बिभाजित कानुन व्यवसायीहरुले छलफल गर्ने महासचिब पोख्रेलले बताउनुभयो ।
सम्मेलनका क्रममा छलफलको बिषय बनाईएको प्रस्तावित देवानी संहिता र प्रस्तावित अपराध संहिता र फोजदारी कानुनलाई बिशेष महत्व दिईएको बारले जनाएको छ । 
दलहरुबीच पछिल्लो समय दुरी बढिरहेका बेला बारले प्रमुख दलका शिर्ष नेतालाई समेत आँफ्नो सम्मेलनका क्रममा एउटै मञ्चमा उभ्याउने प्रयास गरेको छ । संबादहिनताका बेला एउटै मंचमा उपस्थित हुँदा शिर्ष नेताहरुलाई मन माझामाझ गर्ने अवसर समेत मिल्ने अध्यक्ष हरिकृष्ण कार्कीले बिवास ब्यक्त गर्नुभयो । शिर्ष नेताहरुको कुरा समेत सुनेर बारले नयाँ संबिधान निर्माणका लागी ठोष अवधारणा समेत प्रस्तुत गर्ने कार्कीको भनाई छ । 
३ हजार भन्दा बढि कानुनव्यवसायीहरुबीचको छलफल पश्चात आगामी चैत्र ७ गते शनिवार चितवन घोषणा पत्र समेत जारीनेछ । सम्मेलनको समापन कानुन, न्याय, संबिधानसभा तथा संसदीय मामिला मन्त्री नरहरी आचार्यले गर्नुहुनेछ। 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award