मध्य नेपाल

चितवनमा बालिका बलात्कारका आरोपित कारागार चलान

रत्ननगर (चितवन), ४ चैत । चितवनमा १० वर्षीया बालिका बलात्कारमा आरोपित भण्डाराका एक व्यक्तिलाई कारागार चलान गरिएको छ । 


बुधबार छुनछेक बहसपछि जिल्ला अदालत चितवनले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 

कारागार चलान हुनेमा भण्डाराका स्थानीय मुकुन्द हुमागाईं रहेको जिल्ला अदालत चितवनका नायब सुब्बा जयनारायण आचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार अदालती बन्दोबस्ती ११८ को दफा २ बमोजिम उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन् । 

थुनछेकको बहसमा जाहेरीकातर्फबाट अधिवक्ता फुलमायाँ रानाभाट, सरकारकातर्फबाट जिल्ला न्यायाधिवक्ता अच्युत कुईंकेल र प्रतिवादीका तर्फबाट अधिवक्ता कमलराज पाठकले बहस गर्नुभएको थियो । 

बहसपछि अदालतले हिजो साँझ थुनामा राख्ने आदेश दिएको आचार्यले जानकारी दिनुभयो । सो घटनाका विषयमा महिला अधिकारकर्मीले प्रहरीलाई निष्पक्ष छानबिनका लागि दबाब दिँदै आएका थिए । 

गएको फागुन ७ गते १० वर्षीया ती बालिकाको घरमै पुगेर हुमागाईंले बलात्कार गरेको उनका परिवारले आरोप लगाएको छ । परिवारले नै देखेपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको बताइएको छ । 

 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award