मध्य नेपाल

माता पिताको स्मृतीमा बिद्यालयमा सरस्वती मन्दीर
कालिका, चैत्र २ ।
माडी ३ बरुवामा रहेको सामेश्वर उच्च माविमा शिक्षण गर्दै आउनुभएका शिक्षक ओम प्रकास सापकोटाले विद्यालय परिसरमा सरस्वतिको मन्दिर निर्माण गर्नुभएको छ । सापकोटाले आफ्ना स्वर्गीय माता पिताको स्मृतीमा ३ लाखको लागतमा निमार्ण गर्नुभएको मन्दीर सोमबार बिद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
 
२०४० सालदेखि शिक्षण गर्दै आउनुभएका शिक्षक सापकोटाले आफ्नो पारीश्रमिकबाट प्राप्त रकम मध्ये करीव ३ लाखको लागतमा विद्यालय परिसरमा सरस्वतिको मन्दिर निर्माण गर्नुभएको हो ।
 
गत वर्षको असार महिनाबाट मन्दिर निर्माण कार्य सुरु भएको थियो । निर्माण सम्पन्न भएपछि औपचारीक कार्यक्रम गरी मन्दिर विद्यालयलाई हस्तान्तरण गरीएको हो । मंसीर २४ गतेवाट अनिवार्य अवकास पाउनु भएका शिक्षक सापकोटाले विद्यालयमा सरस्वति मन्दिर अभाव रहेकाले मन्दिर चिनो छाड्न सहयोग गरेको प्रतिक्रिया दिनुभयो ।
 
शिक्षक सापकोटाले सोमेश्वर उच्चमाविमा निरन्तर ३१ वर्ष प्रावि तहमा नेपाली विषय पढाउनुभएको थियो ।
 
मन्दिर हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवानि प्रसाद अधिकारीले विद्यालयले शैक्षिक सुधारका कार्यलाई उच्च प्राथमिकता दिने गरेको वताउनुभयो ।
 
कार्यक्रममा विद्यालय निर्माण समितिका अध्यक्ष दिनाकर पौडेल र विद्यालयका प्रधानाध्यापक माधव सुवेदि लगायतले बोल्नुभएको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award