मध्य नेपाल

एसएलसीको तयारी गरीरहेका बिद्यार्थीको रहस्यमय मृत्युले बिद्यालय क्षेत्र तनावग्रस्त
कालिका चैत्र २ ।
चितवनको खैरहनी ४ पर्सामा रहेको नेपाल आर्दश शिक्षा सदनको होस्टलमा एसएलसीको तयारी गरीरहेका बिद्यार्थीको रहस्यमय तरीकाबाट हत्या भएपछी आफन्त आन्दोलीत बनेका छन् ।
 
बिद्यार्थी र आफन्तले गरेको प्रदर्शनका कारण आज दिउसो बिद्यालय क्षेत्र तनाव ग्रस्त समेत बन्यो । कठार ५ घर भएका गौरव बस्नेत होस्टलभित्र मृत भेटिए पछी बिद्यार्थी र आपन्त उनको हत्या भएको भन्दै पीडितका आफन्तले कारबाहीको माग गरी प्रदर्शन गरेका हुन् ।
 
सोही क्रममा प्रहरी र स्थानीय विच झडप समेत भएको थियो । प्रहरीले भीड नियन्त्रणका लागि चार सेल अश्रुग्यास प्रहार गरेको छ । भीड उत्तेजित भएकाले अश्रुग्यास प्रहार गरेर स्थिति सामान्य बनाएको चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।
 
पीडित पक्षको उजुरीको आधारमा अहिले स्कुल सम्बद्ध दुई जनालाई पक्राउ गरिएको थापाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा स्थानीय स्कुलका प्रधानाध्यापक सन्तोष पौडेल र अर्का विन्दु पौडेल रहेको र उनीहरुको विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।  बस्नेत हजिो बिद्यालयमा झुन्डीएको अवस्थाम ाफेला परेका थिए ।
यसै बिच घटनाको विषयमा प्याब्सन चितवनले एस.एल.सी दिने विद्यार्थीहरुका लागि सुरक्षित वातावरण निर्माण गरिदिन जिल्ला शिक्षा कार्यालयसंग माग गरेको छ । आज एक विज्ञ.िप्त जारी गर्दै प्याब्सन चितवनले विद्यालय क्षेत्रमा यस प्रकारको घटना घट्नु दुखद भएको जनाएको छ ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award