मध्य नेपाल

सनातन हिन्दुराष्ट्र स्थापना महाअभियान जिल्ला समन्वय समिति चितवनको कार्यकर्ता भेला
सविता दराई कालिका चैत्र–१
नेपाली काग्रेसका सनातन हिन्दुराष्ट्र स्थापना महा अभियान जिल्ला  समन्वय समिति चितवनको आयोजनाम कार्यकर्ता भेला कार्यक्रम आइतवार  भएको छ ।
 
नेपाली काग्रेसका पुर्व  पार्टी सभापति तोपमान सिङ गुरुङको  संयोजकत्वमा  भेला कार्यक्रम भएको हो । कार्यक्रममा गुरुङले धर्म, राजनिति भन्दा अलग भए पनि नेपाली काग्रेसको विचारमा धर्म एउटा पाटो भएको बताउनु भयो र राज्यले नेपाली  जनताको भावना नबुझि धर्म  निरपेक्षता घोषण गरेको आरोप लगाउनु भयो साथै  अब बन्ने संविधानमा हिन्दुराष्ट्र कायम हुनै पर्ने बताउनु भयो र यहि चैत्र १७ गते सनातन हिन्दुराष्ट्र अभियानको केन्द्रीय भेला चितवनमा नै हुने बताउनु भयो ।
 
यस्तै नेपाली काग्रेसका केन्द्रीय सदस्य खुम बहादुर खड्काले सनातन हिन्दु राष्ट्रका लागी केन्द्रमा सुरु गरेको अभियान जिल्ला हुदै जिल्लाको गाउ तह सम्म विस्तार गर्ने क्रममा चितवनमा पनि यो कार्यक्रम गरेको बताउनु भयो ।नेपाली काग्रेसका युवा  नेता मोहन लामाले बुद्ध पनि हिन्दु भएकोले बौद्ध धर्म पनि  हिन्दुधर्मको एउटा पाटो भएको बताउनु भयो ।यस्तै नेपाली काग्रेसका पुर्व पार्टी सभापति टिकाराम न्यौपानेले आफु हिन्दु धर्ममा आबद्ध भएको बताउनु का साथै कार्यक्रममा सवै  अभियन्ताहरु  एकताबद्ध भएको देखेर खुशी ब्यक्त गर्नु भयो ।
सुर्य बहादुर मरह‡ा को सञ्चालन रहेको कार्यक्रममा ब्राहमण समाज चितवनका अध्यक्ष काशीराम पौडेल,नेपाल शिक्षक संघका पुर्व केन्द्रीय अध्यक्ष देबेन्द्र उपाध्याय, लगायत नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
 
यसै भेलाले सनातन हिन्दुुराष्ट्र महा अभियानको केन्द्रीय भेलाका लागी तोपमान सिंङ गुरुको संयोजकत्वामा १५१ सदस्यि जिल्ला समनब्य समिति गठन भएको छ। जसमा सह– संयोजक सावित्रि कडेल, सचिवमा रघुनाथ घिमिरे र सुर्य हरी मरह‡ा कोषाध्यक्ष कमला श्रेष्ठ, आर्थिक संयोजक लिला भक्त उप्रेती सदस्यहरु मोहन लामा, देबेन्द्र उपाध्याय,टिकाराम न्यौपाने लगायत रहनु भएको छ ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award