मध्य नेपाल

एक दिने पाठेघर सम्बन्धि निशुल्क स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न
कालिका फागुन ३० ।
चित्रवन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिने पाठेघर सम्बन्धि निशुल्क स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । आज संस्थाको आफ्नै भवनमा भएको शिविरबाट १ सय ५० महिलाले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा डा. सुनिल आचार्य, डा. विनुमा श्रेष्ठ,  भोला सिवाकोटीले महिलाको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।
 
शिविर अघि भएको औपचारीक कार्यक्रममा अध्यक्ष राजेन्द्रमणी काफ्ले, यस्तै संस्थाका पूर्व अध्यक्षहरु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका स्वास्थ्य तथा वातावरण उप–समिति सदस्य विष्णु कुमारी पौडेल सुवेदीको स्वागत मन्तव्य तथा सोहि समिति सदस्य श्री लिलाधर पौडेलले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रमा वी.पि कोइराला मेमोरियल क्यान्सर अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय भरतपर चितवनको प्राविधिक टोलीको सहयोग रहेको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award