मध्य नेपाल

बृद्धा आमाहरुको सम्मानमा बत्ती काट्ने प्रतीयोगीता
कालिका ,फागुन ३० ।
रामेश्वर पुस्तकालय अन्तर्गत सञ्चालीत ब्राम्ही महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना बत्ती काट्ने प्रतीयोगीता भएको छ । 
६० बर्ष माथीका आमाहरुका लागी आयोजना गरीएको प्रतीयोगीतामा १६ आमाहरुको सहभागीता रहेको थियो । प्रतीष्पर्धीलाई उछिन्दै रत्नमाया श्रेष्ठ प्रथम, भगवती पौडेल दित्तीय र  खेमकुमारी देवकोटा तृतीय हुन सफल हुनुभएको छ । बिजेतालाई नगद पुरस्कारले पुरस्कृत गरीएको छ  । 
पुस्तकालय अध्यक्ष केशवकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेष्ठ आमा धनगौली गुरुङको विशिष्ट आतिथ्यता, पुस्तकालयका सल्लाहकार शरदरञ्जन श्रेष्ठ, कृष्णहरि देवकोटा, सदस्य सुरज श्रेष्ठ, माधव देवकोटा र पुस्तकालयका मानार्थ सदस्य कृष्णकुमारी श्रेष्ठ लगायतको  उपस्थीती रहेको थियो ।
यसैबिच आज नै सोही संस्थाले ७० बर्ष भन्दा माथीका २१ वृद्ध आमाहरुलाई दोसल्ला ओढाई सम्मान गरेको थियो । सहकारीकी अध्यक्ष शशी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वर्षा सिलवालको संयोजकत्व रहेको थियो ।  भने सचिव कविता श्रेष्ठको सञ्चालन रहेको थियो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award